News Category 2077/02/27
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र झुण्ड्याएर ठूलो परिमाणको लागुऔषध लैजाँदै गर्दा एक व्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी २२ अनिलकुमार मण्डल रहेको पहरले जनाएको छ ।
बा.६७प. ४८५३ नम्बरको मोटरसाइकलमा चामलको बोरा लोड गरि राजविराजतर्फ आउँदै गरेको अवस्थामा चेकजाँचको क्रममा मण्डललाई सप्तरीको विष्णुपुर गाउँपालिकास्थित हुलाकी सडकखण्डको खुरहुरिया चौकबाट पक्राउ गरिएको हो ।
प्रहरीको चेकजाँचबाट जोगिन मण्डलले घाँटीमा स्वास्थ्यकर्मी (ल्याब असिस्टेन्ट) को नक्कली परिचयपत्र झुण्ड्याएका थिए । प्रहरीले चेकजाँचको क्रममा चामलको बोरा भित्र लुकाइ राखेको ठूलो परिमाणको प्रतिबन्धित लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनका अनुसार चामलको बोराभित्र लागु औषध स्पासमोप्रोकसिभव क्याप्सुल ३ हजार १ सय ६८ थान र डेलेक्स डिसि २८ बोतल प्रहरीले बरामद गरेको छ । प्रहरीले चेकजाँचको क्रममा सोध्दा उनले आफू स्वास्थ्यकर्मी रहेको र क्वारेन्टाइन केन्द्रतर्फ चामल पु¥याउन जाँदै गरेको बताएका थिए । तर, शंका लागेर चेकजाँच गर्दा उनी लागु औषधको कारोबारी रहेको खुलेको प्रहरीको भनाई छ ।
एक साताअघि मात्र प्रहरीले चिनिको झोलाभित्र दश लाख रुँपैया लुकाएर ल्याउँदै गर्दा एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ