News Category 2077/02/27
सप्तरीमा रगतको अभाव

दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
सप्तरी जिल्लास्थित रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएको छ ।
रगतको अभावले विशेष गरि ग्रामिण भेगका सुत्केरी महिला र अन्य बिरामीलाई समस्या भइरहेकोले सहयोग गर्न विभिन्न संघ संस्थाहरुलाई रक्तसंचार सेवा केन्द्रले आग्रह समेत गरेको छ ।
यता सामाजिक नागरिक उत्तरदायित्व अन्तरगत एक गैरसरकारी संस्थाले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
“रक्तदान जिवनदान, रगतको अभावमा कसैले नगुमाओस् ज्यान” भन्ने नाराका साथ ग्रिन नेपाल नामक संस्थाले छिन्नमस्ता अस्पताल तथा रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।
एकातिर कोरोनाको त्रास, अर्कोतिर बढ्दो गर्मीसँगै बिरामीको चाप ह्वातै बढेपछि रक्तसंचार केन्द्रमा रगतको चरम अभाव भएको केन्द्रका इन्चार्ज नविन झाले बताएका छन् ।
यस्तै ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासले जिल्लाको एक मात्र रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएपछि रगत अभावमा कुनै पनि व्यक्तिको मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको हाताभित्र रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा संचालित उक्त रक्तसंचार सेवा केन्द्रमा लकडाउन लागु भए यतादेखी रगतको चरम अभाव भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ