News Category 2077/02/27
सप्तरीमा रगतको अभाव
दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
सप्तरी जिल्लास्थित रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएको छ ।
रगतको अभावले विशेष गरि ग्रामिण भेगका सुत्केरी महिला र अन्य बिरामीलाई समस्या भइरहेकोले सहयोग गर्न विभिन्न संघ संस्थाहरुलाई रक्तसंचार सेवा केन्द्रले आग्रह समेत गरेको छ ।
यता सामाजिक नागरिक उत्तरदायित्व अन्तरगत एक गैरसरकारी संस्थाले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
“रक्तदान जिवनदान, रगतको अभावमा कसैले नगुमाओस् ज्यान” भन्ने नाराका साथ ग्रिन नेपाल नामक संस्थाले छिन्नमस्ता अस्पताल तथा रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।
एकातिर कोरोनाको त्रास, अर्कोतिर बढ्दो गर्मीसँगै बिरामीको चाप ह्वातै बढेपछि रक्तसंचार केन्द्रमा रगतको चरम अभाव भएको केन्द्रका इन्चार्ज नविन झाले बताएका छन् ।
यस्तै ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासले जिल्लाको एक मात्र रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएपछि रगत अभावमा कुनै पनि व्यक्तिको मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको हाताभित्र रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा संचालित उक्त रक्तसंचार सेवा केन्द्रमा लकडाउन लागु भए यतादेखी रगतको चरम अभाव भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ