News Category 2077/02/28
दुई महिनामा ६६ बिचल्लीमा परेका परिवारलाई ई. यादवद्वारा राहत
दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
सप्तरीका एक समाजसेवीले आफ्नै लगानीमा विभिन्न प्रकोपबाट पीडितहरुका लागि राहत बितरण गर्दै आएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लालापट्टीका ई. सूर्य नारायण यादवले स्व. आमा बुबाका नाममा धर्मी–हल्फा महिला विकास क्लबको स्थापना गरि आफ्नै व्यक्तिगत लगानीमा समाजसेवा कार्यलाई अघि बढाएका हुन् ।
आगलागि, बाढी, शितलहर लगायतका विपत्तिमा गाउँगाउँमा पुगेर पीडितहरुलाई राहत सामाग्रि दिने कार्यलाई निरन्तरता उनले दिँदै आएका हुन् ।
कोरोना भाइरसको त्रासका कारण भएको लकडाउनको बेला दुई महिनायता उनले छिन्नमस्ता, अग्निसाइर कृष्णसवरण, महदेवा, तिलाठी कोइलाडी, राजगढ लगायतका गाउँपािलका तथा सुरुङ्गा नगरपालिका गरि ६६ परिवारलाई भाडाकुँडा लत्ताकपडा झुल, त्रिपाल, खाद्यान्न सामाग्रि तथा पीडित परिवारका बालबालिकाहरुका लागि शैक्षिक सामाग्रि बितरण गरेका छन् ।
बुधबार पनि आगलागिबाट सर्वस्व गुमाएका विष्णुपुर गाउापालिका ७ दलित बस्तिका आधा दर्जन पीडित परिवारलाई राहत स्वरुप त्रिपाल, झुल, लत्ताकपडा, भाडावर्तन र खाद्यान्न बाडेका छन् । गत जेठ १६ गते भएको आगलागिमा सो बस्तिका ६ घर खरानी भई पीडितहरुको बिचल्ली भएको थियो ।
यता राज्यले गर्ने काम एउटा सामान्य व्यक्तिले गरिरहेको भन्दै स्थानियले उनीप्रति धन्यवाद र आभार समेत व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ