News Category 2077/03/01
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
सप्तरीको महदेवा गाउँपालिकामा जग्गाको बिषय लिएर विवाद हुदा कुटपिटमा दुई जना घाइते भएका छन् ।
घाइतेहरुको गजेनद्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । महादेवा गाउँपालिका वडा नं. १ पकरी बस्ने कालीचरण यादव र उनकै भाउजु अरहुलीया देवी यादवलाइ छिमेकीले कुटपिट गर्दा घाइते भएका हुन् ।
पीडित यादवका अनुसार घर अगाडी रहेको ऐलानी जग्गाको बिषय लिएर विवाद बढ्दा महादेवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव, उनका भाइ श्री प्रसाद यादव, इन्द्रदेव यादव, रामविलास यादव, भतिजा कृष्ण कुमार यादव र बुबा बेचन यादव लगायतले बासको भठ्ठाले कुटपिट गर्दा सख्त घाइते भएको जानकारी दिएका छन् ।
पीडितका अनुसार दुइ दाजुभाइ घर अगाडी रहेको ऐलानी जग्गा सुख भोग गर्दै आएको भए पनि बिपक्षीहरुले उक्त जग्गामा घर बनाउन खोज्दा विवाद उत्पन्न भएको वताए । उनले विवादित जग्गाको बारेमा गाउँका भरभलादमी समेतले उक्त जग्गामा कसैले घर नबनाउने निर्णय भएको भए पनि बिपक्षीहरु मौका छोपी जबरजस्ती घर बनाउन लागेकोमा रोक्न लाग्दा बिपक्षीहरु बासको भठ्ठाले कुटपिट गर्दा घाइते भएको बताए ।
सो घटनामा महादेवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव आफु संलग्न नरहेको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ