News Category 2077/03/01
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते

दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
सप्तरीको महदेवा गाउँपालिकामा जग्गाको बिषय लिएर विवाद हुदा कुटपिटमा दुई जना घाइते भएका छन् ।
घाइतेहरुको गजेनद्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । महादेवा गाउँपालिका वडा नं. १ पकरी बस्ने कालीचरण यादव र उनकै भाउजु अरहुलीया देवी यादवलाइ छिमेकीले कुटपिट गर्दा घाइते भएका हुन् ।
पीडित यादवका अनुसार घर अगाडी रहेको ऐलानी जग्गाको बिषय लिएर विवाद बढ्दा महादेवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव, उनका भाइ श्री प्रसाद यादव, इन्द्रदेव यादव, रामविलास यादव, भतिजा कृष्ण कुमार यादव र बुबा बेचन यादव लगायतले बासको भठ्ठाले कुटपिट गर्दा सख्त घाइते भएको जानकारी दिएका छन् ।
पीडितका अनुसार दुइ दाजुभाइ घर अगाडी रहेको ऐलानी जग्गा सुख भोग गर्दै आएको भए पनि बिपक्षीहरुले उक्त जग्गामा घर बनाउन खोज्दा विवाद उत्पन्न भएको वताए । उनले विवादित जग्गाको बारेमा गाउँका भरभलादमी समेतले उक्त जग्गामा कसैले घर नबनाउने निर्णय भएको भए पनि बिपक्षीहरु मौका छोपी जबरजस्ती घर बनाउन लागेकोमा रोक्न लाग्दा बिपक्षीहरु बासको भठ्ठाले कुटपिट गर्दा घाइते भएको बताए ।
सो घटनामा महादेवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव आफु संलग्न नरहेको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ