News Category 2077/03/01
आजदेखी दुई शिफ्टमा कार्यालय संचालन
दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत तीन महिनादेखी बन्द जस्तै रहेको सरकारी कार्यालयहरु असार १ गते सोमबारदेखी दुई शिफ्टमा संचालन हुने भएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न गत चैत ११ गतेदेखी गरेको लकडाउनका कारण दैनिक जिवन निकै कष्ठकर बन्दै गएको अवस्थामा अतिआवश्यक कामसमेत प्रभावित बनेको छ ।
सोही बाध्यतालाई मध्यनजर गर्दै सरकारले असार १ गतेदेखी दैनिक रुपमा कार्यालयहरुलाई दुई शिफ्ट बिहान ८ बजेदेखी दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखी साँझ ६ बजेसम्म संचालन गर्न अनुमति दिएको हो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले सोही विषयमा जानकारी दिने उद्देश्यले दुई शिफ्टमा हुने कार्य सम्बन्धी आइतबार सूचना प्रकाशित गरि जानकारी दिएको छ । जसमा पहिलो शिफ्टमा नयाँ नागरिकता, अभिलेख, राहदानी र दोश्रो शिफ्टमा नागरिकता प्रतिलिपि, अभिलेख, मुद्दा (ठाडो उजुरीसमेत) लेखा र प्रशासन (सवारी पाससमेत) शाखाको कार्य संचालन हुने सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेद्वारा जारि सूचनामा उल्लेख छ ।
यस्तै कार्यालयमा भिडभाड हुन नदिन सेवाग्राहीसँग आग्रह गर्दै आवश्यक परे कोटा प्रणाली वा टोकन प्रणाली लागु गर्न सकिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ