News Category 2077/03/01
सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ५०, निको हुने ३८

दैनिक समाचारदाता
राजविराज, १ असार ।
सप्तरीमा कोरोनाबाट संक्रमितको संख्या १ सय ५० पुगेको छ । सोमबार २ जनामा कोरोनाको संक्रमण भेटिएपछि संख्या १ सय ५० पुगेको हो ।
पछिल्लो पटक सोमबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ र राजविराज नगरपालिका वडा नं. १ गरि दुई जनामा कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यता आइतबार १८ जना कोरोनाबाट निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । यो सँगै सप्तरीमा कोरोनाबाट निको हुनेको संख्या ३८ पुगेको छ ।
यता बाँकी रहेका १ सय १२ जना कोरोना संक्रमित मध्ये १ सय ११ को राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन केन्द्रमा उपचार भइरहेको तथा एक जना स्वास्थ्यकर्मी आफ्नै घरमा क्वारेन्टाइनमा रहेको उनले बताए ।
यता सोमबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ भने निको हुनेको संख्या १ हजार ४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ