News Category 2077/03/02
प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान
दैनिक समाचारदाता
राजविराज, २ असार ।
सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल राजविराजले सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको विभिन्न वडाहरुमा रहेका ५ प्रसुती गृहहरुमा १२ लाख मुल्य बरावरको स्वास्थ्य सामग्री उपकरणहरु प्रदान गरेको छ ।
ती स्वास्थ्य सामग्री उपकरणहरु सम्बन्धीत नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मार्फत स्वास्थ्य शाखा प्रमुखहरुलाई हस्तान्तरण गरिएको हो ।
दुवै नगरपालिकामा संचालित समुन्नती परियोजना अन्र्तगत मातृत्व तथा नवजात शिशु कार्यक्रम अन्तर्गत प्रसुतीगृहमा स्वास्थ्यकर्मीहरुलाई प्रसुती गराउने कार्यमा सहयोग हुने उद्देश्यका साथ ती सामाग्रि प्रदान गरिएको सबल नेपालले जनाएको छ ।
सबल नेपाल सप्तरीले खडक नगरपालिकामा रहेका प्रार्थमिक स्वास्थ्य केन्द्र (प्रसुतीगृह) कल्याणपुर, खोजपुर र बनरझुला र सुरुङ्गा नगरपालिका अन्र्तगतका प्रार्थमिक स्वास्थ्य केन्द्र (प्रसुतीगृह) कडरबोना र पिप्रापश्चिममा वेवीवार्मर, पि.पि.ई सेट, सेनिट्राईज ग्लोव, माक्स, गमवुट, के.एम.सी., र्यापर, रुम थर्मोमिटर, ग्यास सेट रुमहिटर, वेवी वेटिङ्ग मेसिन, आईभी स्टेन्ड, मेडिसिन ट्रली, वेवी व्याग, लगायतका प्रदान गरेको जनाइएको छ ।
करिब १२ लाख मुल्यबरावरको स्वास्थ्य उपकरणहरु नगर प्रमुख मुक्तिनाथ चौधरी, प्रमुख प्रशासकिय अधिकृत सहितका जिम्मेवार प्रतिनिधीहरुलाई हस्तारण गरेको सु.ना.पा.का भण्डार प्रमुख नायवसुब्बा टेक बहादुर खडकाले जानकारी दिएका छन् ।
यस्तै खडक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महिनारायण चौधरीले सामाग्री ग्रहण गर्दै विश्वव्यापी माहामारीको रुपमा फैलिएको कारोना भाईरस रोग नियन्त्रण तथा व्यवस्थापन गर्नकालागी सबल नेपाल सप्तरी र सेभ द चिल्ड्रेनले नियमित रुपमा बारम्वर लाखौ मुल्य बरावरको सामाग्रीहरु सर्पोट गरेको भन्दै, अन्य क्षेत्रमा पनी सहयोग गरिरहेको प्रति सहयोगी संस्थाहरु प्रति अभार प्रकट गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ