News Category 2077/03/02
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

दैनिक समाचारदाता
राजविराज, २ असार ।
विगत २४ दिनदेखी अघोषित नाकाबन्दीमा परेको भन्दै सप्तरीको तिरहुत गाउँपालिका ४ दलित बस्तीका बासिन्दाहरुले मंगलबार न्यायका लागि पहल गरिदिन राष्ट्रिय मानवअधिकार आयोगदेखी प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
पीडितहरुले राजविराजमा प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।
उक्त गाउँपालिकाका एक पक्षले जेठ ५ गतेदेखी अघोषित नाकाबन्दी गर्दा आफूहरु समस्यामा परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । उक्त बस्तीमा ५० घरधुरी दलित परिवार छन् ।
पीडितहरुद्वारा गठित संघर्ष समितिका संयोजक सुकराती रामद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा गाउँ–ब्लकको जग्गामा बर्षौदेखी बसोवास गर्दै आएको विपन्न दलितको उठिवास गराउन एकपक्ष सक्रिय रहेको र पछिल्लो पटक बस्तीको चारैतिरबाट टाट र बाँसको ढाटले घेरवार गरि आबद्ध जावत नै ठप्प बनाएको उल्लेख गरिएको छ ।
यसरी चारैतिरबाट घेरिएपछि अत्यावशक सामाग्रि खरीदका लागि आवतजावत समेत गर्न कठिन भएको उल्लेख गर्दै ज्ञापनपत्र मार्फत यसरी घेरिएको बस्ती अविलम्ब खोल्ने व्यवस्था मिलाईदिन आग्रह गरिएको छ । ज्ञापनपत्र मार्फत अघोषित नाकाबन्दी अविलम्ब खोलाउन पहल नगरिए असार ११ गतेदेखी अनिश्चितकालिन अनसनमा बस्ने जानकारी समेत गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ