News Category 2077/03/02
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
दैनिक समाचारदाता
राजविराज, २ असार ।
डियुटीमा खटिएका स्वास्थ्यकर्मीलाई झुक्याएर क्वारेन्टाइनबाट घर गएका एक यूवकको स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
राजविराज नगरपालिका १ डुमरी शिवथानका ती युवक जेठ १३ गतेदेखी राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइन केन्द्रमा रहेका थिए । उनी आफ्ना ५१ वर्षिय बाबुसँगै भारतको पञ्जाबबाट फर्के लगत्तै क्वारेन्टाइनमा रहेका थिए । बाबुछोरा सँगै बसे पनि जेठ ३१ गते बाबुको पिसिआर रिपोर्ट नेगेटिभ आएपपछि उनलाई डिस्चार्ज गरिएको थियो ।
यता बाबुको रिपोर्ट नेगेटिभ आएपछि आफ्नो पनि नेगेटिभ नै होला भन्ने ठानेर उनी डिस्चार्ज हुने अर्कै व्यक्तिको नाममा क्वारेन्टाइनका स्टाफलाई झुक्याउँदै भोली पल्ट घर पुगेका थिए । तर, घर पुगेको भोली पल्टै असार १ गते उनको रिपोर्ट पोजेटिभ आएपछि गाउँमा त्रास र खैलाबैला मच्चिएको हो ।
यसैबीच गाँउमा पुगेपछि नजिकैको दाढी काट्ने व्यक्ति हजामलाई घरमै बोलाएर बाबुछोरा दुबैले दाढी काट्न लगाएका थिए । गाउँमै दाढी काट्ने आएको देखेर अन्य १०÷११ जनाले पनि दाढी कटाएको स्थानियले बताएका छन् । स्थानियले क्वारेन्टाइनमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीको लापरवाहीले कैयौं व्यक्तिको ज्यान जोखीममा परेको गुनासो पोखेका छन् ।
यता संक्रमित यूवक समेतको दाढी काटेका हजामले थप एक दर्जन व्यक्तिको समेत दाढी काटेकाले संक्रमणको त्रास फैलिएको वडा अध्यक्ष चन्द्रशेखर चौधरीले बताए छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले पिसिआर परिक्षण रिपोर्ट नआउँदै क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारीलाई झुक्याएर घर पुगेका व्यक्तिलाई कोरोना पोजेटिभ पुष्टि भएलगत्तै प्रहरीको सहयोगमा सोमबार राती नै नियन्त्रणमा लिई साई कृष्णा अस्पतालको आइसोलेशन कक्षमा राखिएको जानकारी दिए ।
संक्रमित व्यक्तिका परिवारका सबै सदस्य तथा दाढी काट्ने हजामलाई समेत मंगलबार बिहानै क्वारेन्टाइनमा ल्याइसकिएको तथा उनीहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ कार्य अघि बढाइएको उनले बताए ।
एक व्यक्तिका कारण कोरोनाको जोखिम समुदायमै फैलिने सम्भावना बढेको भन्दै स्थानियले क्वारेन्टाइन स्थलहरुको बन्दोबस्ति र सुरक्षा व्यवस्थाका साथै उक्त घटनाबारे सत्यतथ्य छानबिन हुने माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ