News Category 2077/03/03
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
कोरोना भाइरसबाट स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित स्वास्थ्य चौकीको सम्पूर्ण सेवा ठप्प गरिएको छ ।
उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सुरक्षाका लागि भन्दै गत आइतबारदेखी सबै सेवा बन्द गरिएको हो ।
स्वास्थ्य चौकीबाट हनुमाननगरस्थित क्वारेन्टाइन केन्द्रमा खटिएका एक स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि सुरक्षाका लागि हाल स्वास्थ्य चौकीबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिएका छन् ।
यस्तै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका सोही स्वास्थ्य चौकीका अन्य पाँच जना स्वास्थ्यकर्मीलाई हाल होम क्वारेन्टाइनमा राखिएकाले उक्त स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
उनका अनुसार गत शनिबार कोरोना संक्रमित पुष्टि भएका स्वास्थ्यकर्मीलाई अहिले साईकृष्णा अस्पतालको आइसोलेशन कक्षमा राखी उपचार भइरहेको छ ।
उनले होम क्वारेन्टाइनमा राखिएका स्वास्थ्यकर्मीहरुको पनि स्वाब संकलन गरि परिक्षणका लागि पठाइसकिएको र रिपोर्ट आएपछि सोही अनुसार सेवा पुनःसंचालन बारे आवश्यक निर्णय लिइने जानकारी पनि दिए ।
यसअघि सप्तरीको बोदेबसाईनस्थित क्वारेन्टाइनमा खटिएका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ