News Category 2077/03/04
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
डिभिजन वन कार्यालय सप्तरीले हरियाली प्रवद्र्धन र वन क्षेत्र बिस्तारका लागि नेपाल सरकारको राष्ट्रिय वृक्षारोपण अभियानमा सघाउँन विभिन्न जातका ५० हजार बिरुवा निशुल्क बितरण कार्यक्रम संचालनमा ल्याएको छ ।
विभिन्न फलफुलका ५० हजार बिरुवा निशुल्क बितरण गर्ने लक्ष्य लिएर सोमबारदेखी सुरु गरिएको कार्यक्रम अन्तरगत बिहीबारसम्म ४१ हजार ५ सय बिरुवा बितरण गरिसकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
यसरी बितरण भइरहेको बिरुवाहरुमा आँप, लिच्चि, कागती, महगनी, टिक, खयर, धुपी जस्ता ३२ थरिका बिरुवा रहेको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष कुमार झाले जानकारी दिएका छन् । राजविराजका साथै जिल्लाको कंचनपुर, महुली, रुपनी, कल्याणपुर र दौलतपुरस्थित सवडिभिजन कार्यालय मार्फत पनि सामाजिक दुरी कायम गराउँदै निशुल्क बिरुवा बितरण कार्य भइरहेको उनले बताए ।
यसका अतिरिक्त कदमाह, सितापुर, तिलाठी, पत्थरगाढा लगायतका स्थानमा रहेका नर्सरीबाट समेत इच्छुक कृषकलाई बिरुवा निशुल्क उपलब्ध गराउन थालिएको उनको भनाई छ ।
वन क्षेत्र निकै कम रहेको जिल्लामा वन क्षेत्र विकास र बिस्तारका लागि वन अतिक्रमण नियन्त्रण, बृक्षारोपन, जिपिकोपार्जनका लागि बैकल्पिक कार्यक्रम र सामाजिक सशक्तिकरण लगायतका कार्यक्रम प्राभमिक्ताका साथ अघि बढाइएको रेन्जर लक्ष्मण साफीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ