News Category 2077/03/04
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरकी २३ वर्षिया नविला खातुनको हत्या भएको माइती पक्षले दावी गर्दै घट्नाको उच्चस्तरिय छानवीनको मागँ गरेका छन् ।
ससुराली पक्षले नविलाले आत्महत्या गरेको बताईरहदा माइती पक्षले भने परिवारबाटै हत्या भएको आरोप लगाउँदै घट्नाको सुक्ष्म अनुसन्धान र उच्चस्तरिय छानवीनको मागँ गरेको हो ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका माइती रहेको मृतक नविलाको गत जेठ २४ गते मृत्यु भएको थियो । न्याय खोज्दै राजविराज आईपुगेका मृतकका दाजु फिरोज र भाई मोहिदले मृत्युको प्रकृति र घट्नाको अवस्थाले आत्महत्या नभई हत्या नै भएको दावी गरे ।
मृतकका दाजु फिरोजले २ वर्ष अघि भएको बहिनीको विवाहमा कबोल गरेको ३ लाख दाईजो रकम मध्ये २ लाख रुपैया बुझाई सकिएको र बाँकि १ लाख रुपैयाका लागी सासु मिनाले पटक पटक फोन मार्फत ताकेदा गर्ने गरेको सुनाए । बहिनी नविला पनि भेट्न आउँदा दाईजोको बाँकि रकमका लागी सासुले निकै तनाव दिन थालेको सुनाउँदै ऋण काढेर भएपनि सो रकमको व्यवस्था गरी दिन पटक पटक आफुलाई बताएको दाजु फिरोजको भनाई छ ।
तर, आर्थिक अवस्था जर्जर बनेका कारण रकमको जोहे हुन न सक्दा सासु मिना र उनका आफन्तको योजनामा बहिनीको हत्या नै भएको हो, उनले दावी गरे ।
मृतकका भाई मोहिदले घट्ना भईसकेपछि शवलाई हतार–हतारमा अस्पताल लगिनु र अस्पताल पुग्दा शरिरका विभिन्न भागमा शंकास्पद दागहरु देखिनु आत्महत्या नभएर हत्याको संकेत भएको बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले नविला मृत्यु प्रकरण सम्बन्धमा प्रहरीले विभिन्न कोणबाट गहिरो अनुसन्धान गरिरहेको बताउँदै पोष्टमार्टम रिर्पाेट नआएसम्म हत्या वा आत्महत्या यकिन गर्न नसकिने जानकारी दिए ।
घट्नाको भोली पल्ट नविलाको शव घरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिसकिएको छ । तर, विहीवारसम्म पोष्टमार्टम रिर्पाेट आएको छैन ।
नविला आफ्नी १५ महिनाकी छोरीसंगै ४८ वर्षिया सासु मिना खातुनको साथमा कल्याणपुरस्थित घरमा बस्दै आएकी थिईन । यता मृतकका पति मो.नवाव विगत ८ महिनादेखी रोजगारीका सिलसिलामा कतारमा छन् भने ससुरा एयुव जफर मलेशियामा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ