News Category 2077/03/05
सर्पदंशबाट दुई दिनमा दुईको मृत्यु, चार घाइते

दैनिक समाचारदाता
राजविराज, ५ असार ।
कोरोना संक्रमणसँगै सप्तरीमा सर्पदंशको घटनामा पनि बृद्धि भएको छ । दुई दिन यता सर्पको डसाईबाट दुई महिलाको मृत्यु भएको छ भने शुक्रबार एकै दिन दुई महिलासहित चार जना सर्पको डसाईमा परेका छन् ।
उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । बिहीबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका बनरझुल्ला टोलकी १९ वर्षिया कंचनकुमारी रायको सर्पदंशबाट मृत्यु भएको थियो ।
शुक्रबार भने सर्पले डसेर भर्ना भएकी राजविराज नगरपालिका ९ मलेठ की ४० वर्षिया सरस्वती मेहताको उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै शुक्रबारै सर्पले डसेर उपचारका लागि भर्ना हुनेहरुमा राजविराज नगरपालिका ११ की पुष्पा मण्डल, राजगढ गाउँपालिका ३ की प्रमिला यादव, डाक्नेश्वरी नगरपालिका ७ का रामकुमार मण्डल र अग्निसाइर कृष्णासवरण गाउँपालिका ३ का महिनारायण चौधरी छन् ।
अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. रन्जित झाले उनीहरुको अवस्था खतरामुक्त रहेको बताउँदै सर्पदंशको घटना ह्वातै बढेपछि अस्पतालमा एन्टी स्नेकभेनम नामक औषधी स्टक गरिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ