News Category 2077/03/07
राजदेवी क्वारेन्टाइन केन्द्रमा प्रहरीको हस्तक्षेप
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
राजविराजस्थित राजदेवी माविमा रहेको क्वारेन्टाइन केन्द्रमा आइतबार साँझ प्रहरीले हस्तक्षेप गर्दै त्यहा रहेका व्यक्तिहरुलाई कुटपिट गरेका छन् ।
सोको बिरोधमा क्वारेन्टाइनमा रहेका सबैजना आइतबार साँझ भोकहड्तालमा बसेको सोही क्वारेन्टाइनमा रहेका राजविराज १० निवासी शिवन कुमार यादवले जानकारी दिएका छन् ।
सो क्वारेन्टाइन केन्द्रमा रहेका ६० जना मध्ये २५ जनाको स्वाब संकलन गरिएको ६ दिन बितिसक्दा समेत त्यसको रिपोर्ट किन नआएको भन्ने बारे स्वास्थ्यकर्मीहरुसँग प्रश्न गर्दा प्रहरी बोलाएर कुटपिट गरिएको उनको गुनासो छ ।
यता यस सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले यस सम्बन्धमा आफू कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
स्वाब संकलन गरिए पनि यसको रिपोर्ट आउन कीन ढिलाई भएको भन्ने बारेमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले केही प्राविधिक कारणले ढिलाई भएको र स्वाब संकलन निकै मात्रामा भएकोले अबको दुई तिन दिन भित्रै रिपोर्ट आउने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ