News Category 2077/03/08
प्रदेश २ का कृषि मन्त्री साहद्वारा संघीय सरकारलाई किसानहरुप्रति गम्भिर हुन आग्रह
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले अहिले धान रोपाईका बेला उचित र आवश्यक परिमाणमा मलखाद प्राप्त नहुँदा किसानहरूको चिन्ता र चासोप्रति अत्यन्त संवेदनशील रहेको बताएका छन् ।
मन्त्री साहद्वारा सोमबार हस्ताक्षरित जारी विज्ञप्तीमा संघीय सरकारले हालसम्म आपूर्ति गरेको मल आवश्यक भन्दा निकै कम मात्रामा प्राप्त भएको जनाइएको छ । विज्ञप्ति मार्फत आपूर्ति हुन लागिएको १२ हजार मेट्रिक टन मल यसै प्रदेशमा खपत गराउने व्यवस्थाका लागि समेत संघीय सरकारसँग आग्रह गरिएको छ ।
जारि प्रेस विज्ञप्ती जारी मलखाद लगायत कृषिजन्य उत्पादन प्रणाली सुचारु गर्ने सामग्री र पूर्वाधारको सहज तथा सुलभ उपलब्धको लागि संघीय सरकारलाई ध्यानकृष्ट गराएका छन् । प्रदेश २ को धान उत्पादन अग्रपंक्तिमा रहेकोले धान उत्पादनमा प्रयोग हुने मलखादको नियमित आपूर्तिका लागि संघीय सरकारलाई थप गम्भीर बन्न संघीय सरकारलाई आग्रह गरिएको छ ।
माटोको उर्वरा शक्तिमा ह्रास, सिँचाइका लागि अपर्याप्त संरचना, हाइब्रिड बीउको बढ्दो प्रयोग तथा पारिस्थितिकीय प्रणालीमा परेको प्रतिकूल लगायतको असरले तराई मधेसमा खेतीकिसानी कार्य अत्यन्त कष्टप्रद र चुनौतीपूर्ण हुँदै गएको उल्लेख गरिएको छ ।
मलखादको आयात तथा बिक्री वितरण लगायतका कार्य संघीय सरकारमा अधिकार निहित रहेको स्मरण गराउँदै मन्त्री साहले विज्ञप्तीमा किसानहरूले समयमा मलखाद र बीउबिजन नपाउँदा उत्पादन लागत बढ्ने, उत्पादित सामग्रीको परिमाण कम हुने र प्रतिफल प्राप्तिमा कठिनाइ हुने समस्या वर्षौंदेखि रहँदै आएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ