News Category 2077/03/08
क्वारेन्टाइनबाट कोरोना संक्रमित फरार
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सप्तरीस्थित विभिन्न क्वारेन्टाइनबाट एकपछि अर्को आंशकित र संक्रमित फरार हुने क्रम बढ्दै गएको छ । पछिल्लो पटक सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित विपि स्मारक विद्यालयको क्वारेन्टाइन केन्द्रबाट एक २४ वर्षिय संक्रमित फरार भएका छन् ।
फरार संक्रमित यूवाको सोमबारै दिउँसो धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त स्वाब परिक्षण रिपोर्टले कोरोना पोजेटिभ देखाएको थियो । उनलाई आइसोलेशनमा लैजाने तयारी गर्दै गरेको बेला विद्यालयको पछाडी पट्टी रहेको पर्खाल नाघेर भागेको क्वारेन्टाइनका स्वास्थ्य इन्चार्ज रामदेव यादवले बताए ।
उनी गत जेठ २२ गते भारतको छत्तिसगढ राज्यबाट घर फर्किएका थिए । सोही दिन उनलाई क्वोन्टाइनमा राखिएको थियो ।
उनी भागे लगत्तै इलाका प्रहरी कार्यालय भारदह तथा सम्बन्धित निकायलाई जानकारी गराएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले क्वारेन्टाइनबाट भागेका ती यूवा हनुमाननगर कंकालिनी नगरपालिका १ का बासिन्दा रहेको र उनको घर तथा आफन्तमा खोजतलास कार्य सुरु गरिएको जनाएको छ ।
यता तीन दिन अघि मात्र राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइन केन्द्रबाट एक गर्भवति महिला भागेकी थिइन् । उनको अवस्था अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन् । यस्तै सोही केन्द्रबाट एक साताअघि एक १८ वर्षिय यूवा पिसिआर परिक्षण रिपोर्ट नआउँदै भागेका थिए । बैशाख २९ गते डाक्नेश्वरी नगरपालिकास्थित क्वारेन्टाइन केन्द्रबाट पनि एक जना आंशकित पिसिआर रिपोर्ट नआउँदै भागेका थिए ।
यसरी भागेका मध्ये दुई जना स्थानियवासी र प्रहरीको सहयोगमा पुनः क्वारेन्टाइनमा पठाइएपनि दुई जनालाई भने प्रहरी अझै फेला पार्न सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ