News Category 2077/03/08
जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार, ५० हजार बिरुवा निशुल्क बितरण
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
डिभिजन वन कार्यालय सप्तरीले आर्थिक वर्ष २०७६÷७७ मा विभिन्न जातका ५० हजार बिरुवा निशुल्क बितरण गर्नुका साथै तीन वटा नयाँ पोखरी निर्माणसहित जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार गरेको छ ।
डिभिजन वन कार्यालय सप्तरीले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक उपार्जनका लागि विभिन्न गतिविधिमा जोड दिदै सो कार्यहरु गरेको हो ।
वन कार्यालयद्वारा सोमबार सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गर्दै एक वर्षको अवधीमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ ।
डिभिजनल वन अधिकृत सन्तोष कुमार झाका अनुसार संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रम सबै पक्षको सहयोगमा सतप्रतिशत कार्यान्वयन गराउन सफलता मिलेको छ ।
डिभिजनल वन कार्यालयले एक वर्षे अवधीमा दुई स्थानमा सिमसार क्षेत्रको संरक्षण तथा एक स्थानमा अतिक्रमण हटाई वन व्यवस्थापन गर्नुका साथै विभिन्न जातका १५ लाख बिरुवा उत्पादन गरेर सतप्रतिशत लक्ष्य प्राप्त गरेको प्रतिवेदनमा जनाएको छ ।
यस्तै ग्रामिण भेगका वनमा विविध जातका बिरुवा उपलब्ध गराइरहेको तथा चुरे क्षेत्र संरक्षणका लागि समेत विशेष कार्य योजना तयार पारेको उल्लेख गरेको छ । वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न सरोकारवाला समेतको रायसुझावमा एकिकृत कार्ययोजना बनाएर बढ्दा सफलता मिल्दै गएको वन अधिकृत झाको भनाई छ ।
यस्तै तयार गरिएको योजनामा चोरी तथा वन अतिक्रमण नियन्त्रण, बृक्षारोपण, जिविकोपार्जनका लागि वैकल्पिक कार्यक्रम र सामाजिक सशक्तिकरणलाई प्राथमिकतामा राखेको छ ।
वर्षेणी जंगल क्षेत्र कम हुँदै गई साघँुरो बन्दै जानु, जंगली जनावरको अस्तित्व संकटमा पर्नु तथा हरियाली प्रवद्र्धन कार्य समेत प्रभावित भइरहेका बेला वन कार्यालयले तयार पारेको कार्य योजनाले जिल्लालाई आफ्नै क्षेत्रको वनमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्व गरिएको छ ।
यता सोमबारै राजनीतिक दल, रसरोकारवाला तथा संचारकर्मी सम्मिलित टोलीले डिभिजन वन कार्यालयद्वारा २०७६÷७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार संचालित वार्षिक वन विकास निर्माण कार्यको स्थलगत अनुगमन समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ