News Category 2077/03/09
गर्भवति महिला र उनकी तीन वर्षिया छोरी कोरोना मुक्त
दैनिक समाचारदाता
राजविराज, ९ असार ।
सप्तरीका एक गर्भवति महिला र उनकी तीन वर्षिया छोरीको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि मंगलबार उनीहरु डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमित भई उपचार्थ राजविराजस्थित साइकृष्ण अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएकी कोरोना संक्रमित भई गत जेठ १४ गते आइसोलेशन कक्षमा भर्ना भएकी थिइन् ।
सप्तरीको बलानबिहुल गाउँपालिका वडा नं. ५ रामनगरकी निर्मलादेवी यादव र उनको तीन वर्षिया छोरी अंजलीलाई गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झा लगायतले फुलमाला, अबिर लगाएर बिदाई गरे ।
अस्पतालका मेसु डा. झाले दुई पटक गरिएको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जानकारी दिँदै डिस्चार्ज भएकी अन्जलीकी आमा गर्भवति समेत रहेको जानकारी दिए । २७ दिन पछि कोरोनाबाट निको भई घर फर्किन लाग्दा निकै प्रसन्न देखिएकी आमाछोरीलाई बिदाई गर्दा अस्पतालका मेसु डा. झाले घरमा पनि आवश्यक सर्तकर्ता अपनाएर बस्न सल्लाह दिए ।
आमाछोरी एक महिनाअघि भारतको हरियाणबाट घर फर्केकी थिइन् । उनलाई गाउँपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको तथा स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेशनमा पठाइएको बलानविहुल गाउँपालिका स्वास्थ्य चौकीका संयोजक मो. नसिम राइनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ