News Category 2077/03/10
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आ.व. २०७७÷०७८ का लागि ३८ करोड ५३ लाख २४ हजार ५ सय ६० रुपैयाँ रकम बिनियोजन गरेको छ ।
गाउँपालिकाको कार्यालयमा बुधबार आयोजित नीति तथा कार्यक्रममा जानकारी गराउँदै गाउपालिका अध्यक्ष सतिश कुमार सिंहले कुल बजेटको चालु तर्फ २३ करोड १२ लाख २४ हजार ५ सय ६० रुपैयाँ र पूँजिगत तर्फ १५ करोड ४१ लाख रुपैयाँ रहेको जानकारी दिएका छन् ।
त्यस्तै गाउँपालिकाको कुल आन्तरिक आम्दानी ४० लाख रुपैयाँ प्रस्ताव गरिएको छ भने कूल बजेटमा संघीयबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ११ करोड ५२ लाख र सशर्त अनुदानतर्फ १७ करोड, राजस्व बाँडफाँडबाट ६ करोड ७४ लाख ९४ हजार ५६० रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण तर्फ ७१ लाख ५६ हजार, राजस्व बाँडफाँडबाट ३४ लाख ७४ हजार, सशर्त अनुदानतर्फ ८० लाख, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख तथा युनिसेफबाट ५० लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ ।
सोही कार्यक्रममा गाउँपालिकाको आठ वटै वडाहरुलाई आगामी आर्थिक बर्षको लागि वडा सिलिङ अन्तर्गत ६५ लाख तोकिएको जानकारी दिइएको छ ।
यस बाहेक आर्थिक विकासतर्फ गाउँपालिका युवालाई उद्यमशील र स्वरोजगार बनाई विदेश पलायन हुनबाट रोक्न “युवाका लागि सीप अध्यक्ष हाम्रो मित(मित्र)” कार्यक्रम सञ्चालन गरिने अध्यक्ष सिंहले बताए । त्यस्तै कोभिड १९ को कारण प्रभावित कृषकलाई खेतीमा प्रोत्साहित गर्न धान, गहुँ तथा मकै बालीको विऊमा पचास प्रतिशतसम्म अनुदान उपलब्ध गराइने छ ।
तिलाठीस्थित खाँडो खोलालाई सिधा हुने गरी निर्माणाधिन पूलसम्म लैजान (हाल बगिरहेको ठाउँ र साबिकको धारको बीच भागमा पर्ने नम्बरी जग्गा (विवादित जग्गा) को उचित राहत÷मुआब्जाका लागि गाउँपालिकाबाट संघीय सरकार, प्रदेश सरकार, संघीय साँसद तथा प्रदेश सभा सदस्यहरुसँग छलफल गरी संघ तथा प्रदेश सरकारसँग उचित राहत÷मुआब्जा दिलाउन प्रयास गरिने छ । उक्त विवादित नम्बरी जग्गा (विवादित जग्गा)को लागि गाउँपालिकाबाट ३५ लाख छुट्याई जग्गाधनीहरुलाई कृषि कार्य÷पशुपालनका लागि दामासाही हिसाबले प्रति कठ्ठा अनुदान सहयोग उपलब्ध गराइने बताइएको छ ।
यसैगरि सामाजिक विकासतर्फ कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने हेतुले “हमहुँ जेबै स्कूल” कार्यक्रम कार्यान्वयन गरिने छ । बालबालिकामा रहेको कुपोषणको अवस्थालाई सुधार गर्न बहुक्षेत्रीय पोषण योजनालाई प्रभावकारी ढंगबाट सञ्चालन गरिने कार्यक्रम रहेको छ । यता बेटी पढाउ बेटी बचाउ अभियानलाई अझ प्रभावकारी ढंगबाट सञ्चालन गरिने जनाइएको छ ।
त्यस्तै महिला हिंसा, लैंगिक हिंसा, दाइजो प्रथा, यौनजन्य हिंसा, घरेलु हिंसा जस्ता सामाजिक कुरीतिहरुको निरुत्साहित गर्न सहयोग पुग्ने खालको कार्यक्रम तर्जुमा गरी प्राथमिकताका साथ कार्यान्वयन गरिने उनले बताए ।
कोभिड १९ को कारण प्रत्यक्ष मारमा परेका विद्यार्थीहरुका लागि वैकल्पिक माध्यमबाट पठनपाठनको ब्यवस्था मिलाइने उनको भनाई छ ।
गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका ब्यक्तिको परिवारलाई राहत स्वरुप पचीस हजार रुपैयाँ दिइने उल्लेख छ । कोभिड १९ को महामारीका वीच भारत लगायत विदेश र देशका विभिन्न स्थानबाट आउनेहरुलाई संक्रमणको आशंका भएका जनतालाई सुरक्षित राख्न क्वारेन्टीनको उचित ब्यवस्थापन गरिनुका साथै परीक्षणबाट संक्रमित देखिएका ब्यक्तिलाई उपचारको ब्यवस्था गर्नका लागि आवश्यकतानुसार आइसोलेशनको ब्यवस्था गरिने छ ।
क्वारेन्टीनको क्षमता अभिवृद्धि गर्नुका साथै आइसोलेशनमा आवश्यक सेवा सुविधाको ब्यवस्था गरिने जनाउँदै कोभिड १९ को समयमा अग्रपंक्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मी तथा जनशक्तिलाई नेपाल सरकारले तोके बमोजिम प्रोत्साहन समेत उपलब्ध गराइने नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ