News Category 2077/03/11
निरन्तर वर्षाले राजविराज जलमग्न
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
बिहीबार बिहानैदेखी परेको निरन्तर वर्षाले राजविराजस्थित विभिन्न वडाको घर घरमा पानी पसेर जनजिवन कष्टकर बनाएको छ ।
नाला र ढल निकास नहुँदा वर्षाको पानी जमेर राजविराज नगरपालिका वडा नं. ५ स्थित मिथिला टोल र राजविराज ८ हिमालय टोलमा आवतजावत प्रभावित बनेको छ । यस्तै सिरहा रोड पनि जलमग्न भएको छ । सडक डुवानमा पर्दा ती टोलहरुमा आमसर्वसाधारणलाई आवतजावतमा समस्या उत्पन्न भएको छ ।
यस्तै हुलाकी मार्गको जमुनी सडकखण्डमा दुई फिसम्म पानी जम्दा यातायातका साधन चल्न सकेको छैन् भने सर्वसाधारणलाई गन्तब्यसम्म पुग्न समस्या भएको स्थानिय जिवछ दासले जानकारी दिए ।

सदरमुकाम राजविराजको सिरहा रोड, राजदेवी रोड, हिमालय टोल र मिथिला टोल आसपास वर्षाको पानी जम्दा सर्वसाधारणलाई निकै नै समस्या भएको छ । राजविराज ५ स्थित मिथिला टोलका आधा दर्जन घरमा समेत पानी छिरेको छ । निकास नहुँदा वर्षेणी समस्या हुँदै आएको स्थानिय अजित ठाकुरले बताए ।
यता बाढीले सर्वाधिक जनधनको क्षति हुने गरेको तिलाठी कोइलाडी गाउँपालिकामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक रणनीति बनाउन जुटेको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताए । यस्तै स्थानिय प्रशासनले पनि बाढीको सम्भावित जोखीमलाई ध्यानमा राख्दै हाइअलर्ट अवस्थामा रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ