News Category 2077/03/11
सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
सप्तरीमा बिहीबार ८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ८ पुगेको छ । यसअघि बुधबार ६ जना संक्रमित फेला परेको भनिएकोमा दुई जनाको दोहोरिएर रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताएका छन् ।
पछिल्लो पटक सप्तरीको तिरहुत गाउँपालिकाका ३ र छिन्नमस्ता गाउँपालिकाका ५ गरि ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।
यस्तै कोरोनाबाट निको हुनेको संख्या ९६ पुगेको छ । पछिल्लो पटक बिहीबार ५ जना कोरोनाबाट निको भई डिस्चार्ज भएका छन् ।
जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् ।
यसैबीच बिहीबार साँझ सम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ६ सय ५० जना रहेको तथा मृत्यु हुनेको संख्या २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ