News Category 2077/03/11
सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६

दैनिक समाचारदाता
राजविराज, ११ असार ।
सप्तरीमा बिहीबार ८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ८ पुगेको छ । यसअघि बुधबार ६ जना संक्रमित फेला परेको भनिएकोमा दुई जनाको दोहोरिएर रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताएका छन् ।
पछिल्लो पटक सप्तरीको तिरहुत गाउँपालिकाका ३ र छिन्नमस्ता गाउँपालिकाका ५ गरि ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।
यस्तै कोरोनाबाट निको हुनेको संख्या ९६ पुगेको छ । पछिल्लो पटक बिहीबार ५ जना कोरोनाबाट निको भई डिस्चार्ज भएका छन् ।
जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् ।
यसैबीच बिहीबार साँझ सम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ६ सय ५० जना रहेको तथा मृत्यु हुनेको संख्या २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ