News Category 2077/03/11
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
सप्तरीमा चट्याङ्ग लागेर बिहीबार बिहान छुट्टाछुट्टै स्थानका एक महिलासहित चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बिहीबार बिहानदेखी परेको अविरल वर्षासँगै चट्याङ्ग लागेर जिल्लाको महदेवा गाउँपालिकाका २ तथा डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार महादेवा गाउँपालिकाका २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर दुबै जना घरमा पूजा लगाएर सप्तकोशी नदीमा नुहाउन गएको बेला चट्याङ्ग लागेर कोशी नदी छेउमै मृत्यु भएको हो । बेचन महदेवा गाउँपालिकामा खरीदार पदमा कार्यरत हुन् ।
यस्तै डाक्नेश्वरी नगरपालिका ९ का ३० वर्षीया ललितादेबी यादव बिहान खेतमा धान रोप्न जाँदा चट्याङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।

यस्तै राजगढ गाउँपालिका २ बेल्ही चपेनाका ४६ वर्षीय केसी साहको पनि खेतमा काम गर्दै गरेको बेला चट्याङ् लागेको प्रहरीले जनाएको छ । घाइते भएका साहलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ । केसी उदयपुरको रानीबास खाँबु जनता माविका शिक्षक हुन् ।
सोही गाउँपालिका २ बेल्ही चपेनाकी १८ वर्षीया आशा मण्डल घरमा बसिरहेको बेला चट्याङ लागेर घाइते भएकी छन् । त्यस्तै जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ निवासी ५५ वर्षिया रुना सदा खेत जोतिरहेको अवस्था चट्याङ्ग लागेर घाइते भएका हुन् । चट्याङ्ले घाइते भएका दुबै जनाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
यता घाइते दुबै जनाको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् ।
यसैबीच चट्याङ्ग लागेर ज्यान गुमाएका मृतक परिवारहरुलाई एक÷एक लाख रुँपैया दिने प्रदेश २ सरकारले घोषणा गरेको छ । प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मृतक परिवारप्रति श्रद्धाञ्जली र घाइतेहरुको सिघ्रस्वास्थ्य लाभको कामना गर्दै प्रदेश सरकारले मृतक परिवारलाई जनही एक÷एक लाख रुँपैया राहत स्वरुप दिने निर्णय गरेको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ