News Category 2077/03/12
चट्याङबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारद्वारा एक÷एक लाख
दैनिक समाचारदाता
राजविराज, १२ असार ।
प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई राहत स्वरुप एक÷एक लाख प्रदान गरेको छ ।
प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई सो रकम प्रदान गरेका हुन् ।
बिहीबारै मन्त्री साहले सो रकम दिने घोषणा गरेका थिए । उनी मृतक परिवारको घरमै गएर रकम प्रदान गर्नुका साथै चटयाङ लागेर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरे । उनले चट्याङ लागेर घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे ।
बिहीबार बिहान अविरल वर्षासँगै परेको चट्याङ लागेर महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, र राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको थियो ।
जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यस्तै जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ निवासी ५५ वर्षिया रुना सदा र राजगढ गाउँपालिका २ बेल्ही चपेनाकी १८ वर्षीया आशा मण्डल चट्याङ् लागेर घाइते भएकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ