News Category 2077/03/14
पार्कमा हरियाली प्रवद्र्धन र सौन्दर्यकरणका लागि बृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, १४ असार ।
जिल्ला वन डिभिजन कार्यालयले राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस हाताभित्र २५ लाख रुँपैयाको लागतमा निर्माण गर्न लागिएको पार्कमा सौन्दर्यकरण तथा हरियाली प्रवद्र्धनका लागि विभिन्न प्रजातीको सयौं बिरुवा रोपेको छ ।
राष्ट्रिय बृक्षारोपन दिवसको अवसर पारेर आइतबार वन कार्यालयले निर्माणाधिन अवस्थामा रहेको पार्कमा विभिन्न प्रजातीका २ सय ९० बिरुवा रोपिएको हो ।
क्याम्पस प्रशासनले परिसरभित्र निःशुल्क जग्गा उपलब्ध गराएपछि डिभिजन वन कार्यालयको २५ लाखको लगानीमा हरियाली प्रवद्र्धन र सौन्दर्यकरणका लागि सुरु गरेको पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सो पार्कभित्र राष्ट्रिय बृक्षारोपन दिवसको अवसर पारेर कल्की, कपुर, समी, बाइलोबा, हिभसक्ष, असारे फुल, कल्की फुल, तेजपत्ता लगायत विभिन्न जातका धार्मिक महत्व र सौन्दर्यपरक २ सय ९० बिरुवा रोपिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले जानकारी दिए ।
बृक्षारोपन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकर आचार्य, भिमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवर, क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्र, प्रहरी उपरिक्षक कृष्ण प्रसाई लगायतको पनि सहभागिता रहेको थियो ।
यता न्युन वन क्षेत्र रहेको सप्तरीमा वन क्षेत्रको बिस्तारका लागि ५० हजार बिरुवा निःशुल्क बितरण कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ