News Category 2077/03/15
नाचगान गर्दै सरकारबिरुद्ध प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १५ असार ।
नागरिकता संशोधन विधेयक खारेजीको माँग गर्दै सोमबार नेपाली काँग्रेस सप्तरीले राजविराजमा प्रदर्शन गरेको छ ।
नाचगानसहित राजविराजस्थित पार्टी कार्यालयबाट निस्केको बिरोध जुलुसमा प्रधानमन्त्रीसमेतको बिरोध गरिएको थियो । सो प्रदर्शनका क्रममा सहभागिहरुले “केपी तिम्रो पाराले दुःख पायो साराले” भन्ने नारालाई गितको स्वरुप दिई नाचगानका साथ नागरिकता संशोधन विधेयक र प्रधानमन्त्री बिरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनका गर्दै सहभागिहरुले वैवाहिक अंगिकृत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलासँगको विभेद अन्त्य गर, लकडाउन अवधीको कर र बैंक ब्याज मिनाह गर, अस्तव्यस्त क्वारेन्टाइनलाई व्यवस्थित गर लगायतका नाराबाजी गरेका थिए ।
बिरोध प्रदर्शनपछि जनआन्दोलन चौकमा आयोजित कोणसभामा काँग्रेस सप्तरीका सभापति दिनेश यादव, युवा नेता ध्रुव देव, अर्जुन साह, इर्साद अन्सारी, नेवि संघका सभापति घनानन्द यादव, नेपाल शिक्षक संघका अध्यक्ष शैलेन्द्र मण्डललगायतले बोल्दै नागरिकता संशोधन सम्बन्धी विधेयक खारेज नगरिए आन्दोलन चर्काउने चेतावनी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ