News Category 2077/03/16
सप्तरीको १८ वटै स्थानिय तहमा कोरोना संक्रमित, संक्रमितको संख्या २ सय ४८, निको हुने १ सय १८ जना
दैनिक समाचारदाता
राजविराज, १६ असार ।
सप्तरीमा मंगलबार थप २२ जना कोरोना संक्रमित पुष्टि भएको छ । यसअघि सोमबार १८ जना कोरोना संक्रमित पुष्टि भएको थियो ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
पछिल्लो पटक मंगलबार जिल्लाको तिलाठी कोइलाडी र महदेवा गाउँपालिकामा १०÷१० जना तथा अग्निसाइर कृष्णासवरण र राजगढ गाउँपालिकामा १÷१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
सोमबार रुपनी गाउँपालिकामा एकजना लगायत अन्य स्थानमा गरि १७ जना कोरोना संक्रमित पुष्टि भएको थियो । अग्निसाइर कृष्णासवरण र रुपनी गाउँपालिकामा समेत संक्रमित पुष्टि भएपछि जिल्लाको १८ वटै स्थानिय तहमा संक्रमित भेटिएको छ ।
यस्तै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय १८ पुगेको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिए ।
यता मंगलबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यता मुलुकभरी ३ हजार १ सय ९४ जना कोरोनाबाट निको भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ