News Category 2077/03/17
नागरिकता विधेयक खारेजीको माँग गर्दै काँग्रेसद्वारा नयाँ–नयाँ शैलीमा प्रदर्शन
.jpg)
चन्दन यादव
राजविराज, १७ असार ।
नेपाली काँग्रेस सप्तरीले एक हप्ता भन्दा बढी समयदेखी राजविराजमा नागरिकता बिधेयकको खारेजी लगायत अन्य माँगसहित नयाँ–नयाँ शैलीमा दिनँहु बिरोध प्रदर्शन गर्दै आइरहेको छ ।
कहिले नाचगानका साथ, त कहिले प्रधानमन्त्रीको पुतला दहन, त कहिले सांकेतिक रुपमा मलामीसहित बिरोध प्रदर्शनमा उत्रिएको छ ।
यसैबीच बुधबार पनि काँग्रेस सप्तरीले जिल्लाभरि प्रदर्शन गरेको छ । बुधबार काँग्रेसका नेता कार्यकर्ताहरुले भ्रष्टाचारी, निरंकुश र बलात्कारी सरकार लेखेको कालो ब्यानर ओढेर प्रदर्शन गरेको छ ।
राजविराजस्थित पार्टी कार्यालयबाट निस्केको बिरोध प्रदर्शनमा नागरिकता विधेयक खारेजी, अव्यवस्थित क्वारेनटाइनलाई व्यवस्थित गर्न, किसानहरुलाई सहुलियत दरमा मलखादको व्यवस्था गर्न, पिसिआर परिक्षणको दायरा बढाउन लगायत प्रधानमन्त्रीको राजिनामा समेत समेत गरेका छन् ।
जिल्ला सभापति दिनेश यादबको अगुवाईमा निस्केको बिरोध प्रदर्शन राजबिराजको बिभिन्न ठाउमा नारावाजी गर्दै स्थानिय जनआन्दोलन चौकमा बिरोधसभामा परिणत भएको थियो ।
कोण सभामा काँग्रेसका यूवा नेता ईर्साद अंसारीले भारतसँग नेपालको सम्बन्ध बिगार्न र वर्तमान सरकारले मधेशी जनतालाई टुक्राउने षडयन्त्र गर्न खोजेको आरोप लगाए ।
बिरोध सभामा जिल्ला सभापति दिनेश यादब, क्षेत्रिय सभापति महानन्द यादब, बिधार्थी नेता रामचन्द्र यादब, राजिव राय, महिला नेतृ सुशिला यादब, डाक्नेश्वरी युवा नेता जीवन यादब, युवा नेता अमरेन्द्र यादब, मोहनी साफी, राजबिराज नगर सभापति शम्भुलाल देव, क्षेत्रिय सचिव अरूण मण्डल, प्रभात कुमार ललन लगायत नागरिकता बिधेयक खारेजको माग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ