News Category 2077/03/19
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह
दैनिक समाचारदाता
राजविराज, १९ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले कोरोना भाइरसको संक्रमणबाट जोगिन ब्यक्तिगत सतर्कता अपनाउनु नै अहिले सबै भन्दा उत्तम विकल्प भएको बताएका छन् ।
तृप्ती मेमोरियल नाक, कान तथा घाँटी अस्पताल तिलाठीद्वारा स्वास्थ्यकर्मीलाई शुक्रबार ब्यक्तिगत सुरक्षा उपकरण वितरण कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले सो कुरा बताएका हुन् ।
दिनानुदिन बढ्दै गएको कोरोना भाइरसको संक्रमणप्रति आमजनमानस सचेत हुनु आवश्यक रहेको बताए ।
सो कार्यक्रमका अस्पतालका अध्यक्ष डा. अनिलकुमार झाले कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएकोले सावधानी अपनाउनुका साथै सामाजिक दुरीलाई ख्याल गर्नु अतिआवश्यक भएको बताए ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्र, अस्पतालका उपाध्यक्ष तथा आर्ट अफलिभिङ्गका निर्देशक ईन्जिनियर किशार कुमार झालगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा आठ वटै स्वास्थ्य संस्था प्रमुख, छिन्नमस्ता गाउँपालिकाको वरहीविरपुर र लोखरम स्वास्थ्य संस्था, राजविराज नगरपालिका वडा नं. १३ र १५, भारदह अस्पताल र बरमझिया स्वास्थ्य संस्थालाई ब्यक्तिगत सुरक्षा उपकरण, साबुन र मास्कवितरण गरिएको अस्पतालका मनोज कुमार झाले जानकारी दिए ।
कार्यक्रममा भारदह अस्पतालका डा. अनिलकुमार रजकले ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगाउने र फुकाल्ने तरिकाबारे जानकारी दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ