News Category 2077/03/19
सनराईज बैंकद्वारा खातावालाहरूलाई डब्बल सुरक्षा बिमा प्रदान
दैनिक समाचारदाता
राजविराज, १९ असार ।
सनराईज बैंक लिमिटेडले स्वास्थ्य बिमा योजना कार्यक्रम अन्तर्गत डब्बल सुरक्षा स्वास्थ बिमा प्रदान कार्यक्रम सुरू गरेको छ ।
सनराईज बैंकले राजबिराज २ स्थित आशिर्वाद हेल्थ केयर सेन्टरका चिकित्सक डा. ब्रजेश कुमार झासँग बिमा सम्झौता गरी आप्mना हरेक खातावालाहरूलाई उपचार गरे वापत छुट दिने प्रावधान मिलाएको बैंकका शाखा प्रबन्धक विपत चौधरीले जानकारी दिएका छन् ।
अस्पतालले सम्झौता गरे अनुसार उपचार गराउन आउने बिरामीलाई २० प्रतिशतसम्म छुट समेत दिने शाखा प्रबन्धक चौधरीको भनाई छ ।
सनराईज बैंकले नेपाल भर ३ सय ५० भन्दा बढी सरकारी तथा निजी अस्पतालहरूसँग सहकार्य गरेको छ । बचत खातावालाहरूलाई एक लाख सम्मको स्वास्थय बिमा समेत गराइएको बैंकका ग्राहक प्रतिनिधि अफिसर दिपेश साह बताए ।
शाखाले आशिर्वाद हेल्थ केयर सेन्टरसँगै छिन्नमस्ता अस्पताल, युनिक अस्पताल लगायतका सरकारी तथा निजी अस्पतालमा चाडै स्वास्थ बिमा, दुर्घटना बिमा प्रदान गर्ने साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ