News Category 2077/03/19
सप्तरीमा पहिलो पटक ल्याप्रोसकोपीमार्फत हर्नियाको शल्यक्रिया

दैनिक समाचारदाता
राजविराज, १९ असार ।
सप्तरीमा पहिलो पटक स्कोला ल्याप्रोसकोपी (दुरबिन) मार्फत हर्नियाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालमा शुक्रबार ५२ वर्षिया एक महिलाको सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो ।
जनरल सर्जन डा. राजिव मिश्रा, एनेसथेसियोलोजिष्ट डा. पारसमणि साह, सहायक विपिन देव सम्मिलित टोलीले सो शल्यक्रिया गरेका हुन् ।
झण्डै दुई घण्टाको समयअवधीमा पेटमा तीन वटा सानो प्वाल गरि ल्याप्रोसकोपी माध्यमबाट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको डा. राजिव मिश्राले बताए ।
राजविराज वडा नं. १५ देउरीभरुवा निवासी ५२ वर्षिया उमा कुमारी यादव विगत तीन÷चार वर्षदेखी हनिर्याले पीडित थिइन् । उनले स्थानिय चिकित्सकहरुको सल्लाह अनुसार नै स्थानिय छिन्नमस्ता अस्पतालमा उपचार गराउने निधो गरेपछि शुक्रबार शल्यक्रिया गराएको उनको भाई महेश यादवले बताए ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेपनि उनी अहिले चिकित्सकको निगरानीमा केही दिन अस्पतालमै रहने अस्पताल व्यवस्थापनले जनाएको छ ।
यसअघि पनि डा. मिश्रसम्मिलितको टोलीले जिल्लामा विभिन्न जटिल शल्यक्रिया सफलतापूवर्क सम्पन्न गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ