News Category 2077/03/21
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
.jpg)
दैनिक समाचारदाता
राजविराज, २१ असार ।
सप्तरीमा आइतबार थप १२ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय १५ पुगेको छ ।
पछिल्लो पटक जिल्लाको डाक्नेश्वरी नगरपालिकामा ८ र विष्णुपुर गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि शनिबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका मध्येबाट एकै दिन १८ जनामा संक्रमणको पुष्टि भएको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा सर्वाधिक ५४ जनामा कोरोना संक्रमित देखिएको छ । यस्तै बलानबिहुल गाउँपालिकाका ४४, तिलाठी कोइलाडी गाउँपालिकाका ४२, बोदेबरसाईन नगरपालिकाका ३३, छिन्नमस्ता गाउँपालिकाका २७, डाक्नेश्वरी नगरपालिकाका २५, राजगढ गाउँपालिकाका २०, महदेवा गाउँपालिका र राजविराज नगरपालिकाका १५÷१५, सुरुङ्गा नगरपालिकाका १३, खडक नगरपालिकाका ७, विष्णुपुर गाउँपालिकाका ५, तिरहुत गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका ४÷४, शम्भुनाथ, सप्तकोशी र कंचनरुप नगरपालिकाका २÷२ तथा रुपनी गाउँपालिकाका एक गरि कुल ३ सय १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय ३९ रहेको छ । १८ वटा स्थानिय तह रहेको सप्तरीमा सबै स्थानिय तहमा कोरोना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबार साँझसम्मा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको तथा निको हुनेको संख्या ६ हजार ५ सय ४७ जना रहेको जनाएको छ । यस्तै कोरोनाको संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ