News Category 2077/03/25
हरवाचरवा परिवारलाई दोश्रो चरणको राहत बितरण
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनको मारमा परेका सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडाका हरवाचरवा परिवारलाई श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले दोश्रो चरणको राहत बितरण गरेको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा संचालित सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवा कार्यक्रम अन्तर्गत कोरोना भाइरस आपतकालिन दोस्रो चरणको राहत बितरण गरेको जनाएको छ ।
शम्भुनाथ नगरपालिकाको वडा नम्बर १, ६, ७, ८, ९, १०, ११ र १२ सदा तथा रामबस्तीका २ सय ७ वटा घरपरिवारलाई चामल २५ किलो, खाने तेल २ लिटर, दाल मसुरी २ किलो, नुन २ किलो, नुहाउने साबुन ४ थान सामग्री लगायत सामग्रीहरु वितरण गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका टिम लिडर बिनोदानन्द चौधरीले जानकारी दिए ।
कार्यक्रममा शम्भुनाथ नगरपालिकाका उपमेयर कविता कुमारी सरदार, वडा नम्बर ११ का अध्यक्ष शम्भु चौधरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका अध्यक्ष सुखीलाल चौधरी लगायतले राहत बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ