News Category 2077/03/25
प्रहरीले पक्राउ गरेको युवामा संक्रमण देखिएपछि पक्राउ गर्ने प्रहरी र आफन्तमा खैलाबैला
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
क्वारेन्टाईनबाट बाहिर निस्केपछि प्रहरीद्वारा पक्राउ गरी पुनः क्वारेन्टाईनमै फर्काइएका युवामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई पक्रने प्रहरीहरुलाई समेत कोरोना हुन सक्ने आशंकाले प्रहरी र उनका आफन्तमा खैलावैला मच्चिएको छ ।
ती युवाहरुलाई पक्रेका कारण प्रहरी जवानद्वय घनश्याम थापा र छविलाल वम्जनलाई समेत कोरोना संक्रमणको आशंकाले छुट्टै राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक तिलक भारतीले बताए । ती दुबै प्रहरीको विहीवार स्थानीय साईकृष्णा अस्पतालको आइशोलेशन कक्षमा पिसिआर परिक्षण गराइएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिकास्थित चन्द्र नमुना उच्च माविको क्वारेन्टाईनमा रहेका ६ जना युवाहरु पटक÷पटक बाहिर निस्की बजारतर्फ जाने गरेपछि बुधवार साँझ ड्युटीमा खटेका दुई प्रहरीले उनीहरलाई पक्राउ गरेर पुनः क्वारेन्टाईनमै पुृ¥याएका थिए । त्यसको एक घण्टापछि नै ती मध्येका दुई जनालाई कोरोना पोजेटिभ भएको रिपोर्ट प्राप्त भएको थियो ।
परिक्षण रिपोर्ट आउन बाँकि रहेकोले रिपोर्ट प्राप्त भएपछि सोही अनुसारको आवश्यक व्यवस्था मिलाईने प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ