News Category 2077/03/25
प्रहरीले पक्राउ गरेको युवामा संक्रमण देखिएपछि पक्राउ गर्ने प्रहरी र आफन्तमा खैलाबैला

दैनिक समाचारदाता
राजविराज, २५ असार ।
क्वारेन्टाईनबाट बाहिर निस्केपछि प्रहरीद्वारा पक्राउ गरी पुनः क्वारेन्टाईनमै फर्काइएका युवामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई पक्रने प्रहरीहरुलाई समेत कोरोना हुन सक्ने आशंकाले प्रहरी र उनका आफन्तमा खैलावैला मच्चिएको छ ।
ती युवाहरुलाई पक्रेका कारण प्रहरी जवानद्वय घनश्याम थापा र छविलाल वम्जनलाई समेत कोरोना संक्रमणको आशंकाले छुट्टै राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक तिलक भारतीले बताए । ती दुबै प्रहरीको विहीवार स्थानीय साईकृष्णा अस्पतालको आइशोलेशन कक्षमा पिसिआर परिक्षण गराइएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिकास्थित चन्द्र नमुना उच्च माविको क्वारेन्टाईनमा रहेका ६ जना युवाहरु पटक÷पटक बाहिर निस्की बजारतर्फ जाने गरेपछि बुधवार साँझ ड्युटीमा खटेका दुई प्रहरीले उनीहरलाई पक्राउ गरेर पुनः क्वारेन्टाईनमै पुृ¥याएका थिए । त्यसको एक घण्टापछि नै ती मध्येका दुई जनालाई कोरोना पोजेटिभ भएको रिपोर्ट प्राप्त भएको थियो ।
परिक्षण रिपोर्ट आउन बाँकि रहेकोले रिपोर्ट प्राप्त भएपछि सोही अनुसारको आवश्यक व्यवस्था मिलाईने प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ