News Category 2077/03/25
भारतको तुलनामा तेश्रो मुुलुकबाट आउनेहरुमा संक्रमण बढ्दै संक्रमित बढ्दै जाँदा वेड पनि थपिदै
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरीमा १५ दिनको अवधीमा भारतबाहेक तेश्रो मुलुकबाट घर फर्किनेहरु मध्येबाट २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
रोजगारीको सिलसिलामा कतार, मलेशिया, कुवेत, बहराईन लगायतका स्थानहरुमा रहेकाहरु हालै हवाई मार्ग प्रयोग गरी काठमाडांै हुदै गृहजिल्ला आईपुगेपछि गरिएको पिसिआर परिक्षणका क्रममा कोरोना पोजेटिभ पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल राजविराजस्थित साईकृष्णा अस्पतालको आईसोलेशन कक्षमा १ सय ५४ जना कोरोना संक्रमितहरु उपचार गराइरहेका छन् । जसमध्ये १ सय २९ जना भारतका र १५ दिनको अवधीमा तेश्रो मुलुकबाट फर्किएकाहरु मध्येबाट २५ जना संक्रमितहरु उपचार्थ छन् ।

१५ दिनको अवधीमा तेश्रो मुलुकबाट फर्किएका मध्येबाट २५ जनामा पोजेटिभ देखिनु गम्भिर विषय भएको भन्दै स्वास्थ्य प्रमुख यादवले सम्बन्धित देशले फिर्ता पठाउँदा परिक्षण नगर्नु र काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा समेत भरपर्दाै जाँच हुन नसक्दा जिल्लामा चुनौती थपिएको बताए ।
यता आईसोलेशन वेडको अभावमा कोभिड–१९ का संक्रमित राख्न समस्या भइरहेको बेला नेपाली सेनाले थप ७५ आईसोलेशन बेडको ब्यवस्थापन गरेको छ । नेपाली सेनाको भिमदल गणबाट खटिएको प्राविधिकसहितको २५ सदस्यीय टोलीले लगातार ५ दिनको प्रयासमा थप ७५ बेडको व्यवस्थापन गरेको हो ।
जिल्लाकै एकमात्र आईसोलेशन वार्ड बनाइएको राजविराजस्थित साईकृष्णा अस्पतालमा यस अघि प्रदेश सरकारको सहयोग तथा गण कै सेनाको प्राविधीक टोलीको श्रमदानबाट १ सय ३ वेडको सुविधा सम्पन्न आईसोलेशन कक्ष निर्माण गरिएको थियो । तर संक्रमितको संख्या बढ्दै गई बेडको अभाव भएपछि सेनाले थप ७५ वटा आइसोलेशन वेड तयार गरेको भीमदल गणका प्रमुख सेनानी गुप्त वहादुर कुवँरले बताए ।
सप्तरीमा विहीवार सम्ममा कोरोना संक्रमितको कुल संख्या ३ सय ३० पुगेको छ । जसमध्ये १ सय ७६ जना निको भई घर फर्किसकेका छन भने १ सय ५४ जना संक्रमित अझैं उपचारको क्रममा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ