News Category 2077/03/27
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
राजबिराज÷दुई दिनदेखी परिरहेको अबिरल बर्षाका कारण राजबिराजका अधिकांश बाटो हिलोमय हुनुका साथै जलमग्न भएको छ ।
विगतको वडा नं. १० र अहिलेको वडा नं. १ स्थित स्वास्थ्य चौकी हुँदै शिवथान टोल जाने बाटो जिर्ण भएका कारण हिलोमय भएको छ । विगतदेखी नै बाटो जिर्ण रहेको अवस्थामा गत वर्ष सो बाटोमा माटो हालिएको थियो । तर, अहिले भइरहेको वर्षाका कारण बाटोमा आवतजावत गर्न निकै कठिनाई भइरहेको छ ।
शनिबार वर्षा भइरहेको बेला पैदल यात्रीले हातमा चप्पल र साइकल यात्रीले हातमा साइकल बोकेर आवतजावत गर्न बाध्य भएको स्थानिय रामअवतार यादवले बताए । उनका अनुसार वडा अध्यक्ष चन्द्रशेखर चौधरीलाई बाटोप्रति ध्यानाकर्षण गराउँदा समेत वेवास्ता गर्दै आइरहेका छन् ।
पहिलेदेखी नै ग्रामिण रुपमा चिनिने सो वडाको शिवथान टोलमा हाल पनि परिवर्तनको संकेत देखिएको छैन् । बर्सेनि बर्षाको पानीले शिवथान, डुमरी, टोलजाने उत्तरपटीको बाटो हिलोम्य नै हुने गरेको छ ।
दुई वर्षअघि स्वास्थ्य चौकीसम्म राजबिराज नगरपालिकाले आरसिसी ढलान गरेको थियो र बाँकी सडकलाई जिर्ण अवस्थामै छोडेपछि वर्षाको बेलामा आवतजावतमा आफ्ठ्यारो भइरहेको स्थानिय लल्लु यादवले बताए ।
यता बर्षाको पानीले बर्सेनि राजबिराज नगरपालीकाको वडा १ डुमरीशिवथान, वडा १० को दिघवा र वडा १५ देउरीभरूवा लगायका वडामा खाँडो नदिको बाढीले जनधनको क्षति हुने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ