News Category 2077/03/27
सप्तकोशीमा पानीको बहाव बढेसँगै गोबरगाढाका ७५ परिवार बिस्थापित
राजबिराज÷दुई दिनदेखी परेको निरन्तर वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाका ७५ परिवार बिस्थापित भएका छन् ।
सो गाउँमा अहिले बाढी पसेपछि घर डुवानमा परेका ७५ परिवारलाई प्रहरीको सहयोगमा उद्धार गरि उच्च स्थानमा रहेको राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पु¥याइएको छ ।
टप्पु नामले चिनिने गोबरगाढा चारैतिर कोशी नदीले घेरिएको छ । गोबरगाढामा पुग्ने मार्गहरु डुवानमा परेपछि डुङ्गामा राखेर उनीहरुलाई सुरक्षित स्थानतर्फ पु¥याउने काम गरिएको वडा अध्यक्ष बिन्देश्वर यादवले जानकारी दिएका छन् ।
सप्तकोशीमा निरन्तर पानीको बहाव बढ्दै गएकाले मानविय क्षति हुन नदिन राहत तथा उद्धार कार्यका लागि त्यसतर्फ ठूलो संख्यामा आवश्यक सामाग्रिसहित सुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
वडा अध्यक्ष यादवले पानीको बहाव निरन्तर बढ्दै गएकाले थप परिवारलाई पनि प्रहरीको सहयोग लिएर डुङ्गामा राखी सुरक्षित स्थानतर्फ लाने तयारी भइरहेको बताए । सुरक्षित ठाउँमा आएकाहरु पशुचौपाया पनि जोगाईदिने आग्रह गरिरहेको उनले सुनाए ।
वर्षा जारि रहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
निरन्तरको वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ । शनिबार दिउँसो ३ बजेको मापन अनुसार पानीको बहाव २ लाख ७६ हजार ५ सय ५५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । जसकारण आसपासका बासिन्दालाई सचेत गराउन खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ भने कोशी ब्यारेजका ५६ मध्ये ४० ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै निरन्तरको वर्षाले तिलाठी कोइलाडी गाउँपालिकका झण्डै १ सय ३० विगहा जग्गामा लगाइएको धान खेती बगरमा परिणत भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ