News Category 2077/03/29
विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु नगदसहित सम्मानित

दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोरोनाको महामारी, बाढी, आगलागि लगायत विपद्का बेला उच्च जोखिममा काम गर्नेहरुलाई नगदसहित सम्मान गरेको छ ।
गाउँपालिकाले आफ्नो चौथो गाउँसभाको अवसरमा कोरोना महामारी तथा विपदको बेला योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा कोरोनाको उच्च जोखिमका बीच क्वारेन्टाइनमा बसेका आसंकितहरुका लागि खान पकाएर खुवाउने भान्से, आसंकितहरुको स्वास्थ्य परिक्षणमा खटिने स्वास्थ्यकर्मी, क्वारेन्टाइन सुरक्षार्थ खटिने सुरक्षाकर्र्मी तथा आसंकित र संक्रमितलाई सम्बन्धीत स्थानमा पु¥याउने एम्बुलेन्स चालकसम्म छन् ।
सम्मानितहरुमा भान्से कैलु मण्डल, बिरेन्द्र साह, एम्बुलेन्स चालक अमरेन्द्र देव तथा क्वारेन्टाईन ब्यवस्थापन र परिक्षणतर्फ खटिएका सन्तोष कुमार झा, रन्जन कुमार यादव, प्रधानाध्यापक विपिन झा र सन्तोष सिंह लगायत छन् ।
त्यस्तै आ–आफ्नो वडामा उत्कृष्ट कार्य गर्ने वडा सचिव तथा सुरक्षा क्षेत्रमा योगदान पु¥याउने सुरक्षाकर्मीहरुलाई समेत कदरपत्रबाट सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झाले बताए । उनी सबैलाई नगद २ हजार १ सय, प्रशंसा पत्र तथा दोसल्ला ओढाएर गाउँपालिका प्रमुख सतिश सिंहले सम्मान गरेका छन् ।
गाउँसभाले चट्याङ, आगलागि, सितलहर, बाढी, सर्पदंश जस्ता प्रकोपका कारण ज्यान गुमाएका मृतक परिवारहरुलाई क्रिया खर्च वापत जनही २५ हजार रुँपैया सहयोग गर्ने निर्णय समेत गरेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ