News Category 2077/03/29
एक बर्षको अवधिमा १ सय ४९ जना फरार अपराधी पक्राउ
.jpg)
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले एक बर्षे अबधिमा १ सय ४९ जना फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा सप्तरी प्रहरीले सार्वजनिक गरेको आ.व. ०७६÷७७ को बार्षिक कार्य प्रगति विबरणको तथ्याङ्कमा सो उल्लेख गरेको हो ।
विभिन्न मद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार तथा अनुसन्धानका क्रममा फरार रहेकाहरूलाई पक्राउ गर्न आक्रमक अभियान चलाएपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
यसरी पक्राउ पर्नेहरूमा कुटपिट, जर्वजस्ती करणी, ज्यान मुद्वा, जालसाजी, ठगी र सबारी ज्यान मुद्दाका तथा लागू औषधका रहेका छन् ।
प्रतिवेदन अनुसार आव ०७६÷७७ मा लागुऔषधको ५१ वटा मुद्दा दर्ता भई ७१ जना पक्राउ परेका छन । यस अबधिमा प्रहरीले जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाईएका ३२ हजार ५ सय गाजाको बोट तथा घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत ७३ वटा अबैध घरेलु मदिरा उत्पादन भट्टी नष्ट गरेको छ । यस क्रममा ८ जना उत्पादकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसै अबधिमा भारतवाट हुने चोरी, तस्करी नियन्त्रणका क्रममा भन्सार छलेर ल्याईएका २ करोड १८ लाख १९ हजार बरावरको विभिन्न सामग्री भन्सार कार्यालयलाई बुझाएको तथा यसले राजस्व सकंलनमा समेत सहयोग पु¥याएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खुल्ला सिमाका कारण भारतिय क्षेत्रवाट लागू औषध सेवन गरेर घर फर्किनेहरूको संख्या बढ्दै गएकाले यसलाई मुख्य चुनौतीको रूपमा लिईदै नाका क्षेत्रहरुमा निगरानी कडा पारिनुका साथै विभिन्न सचेतनामुलक कार्यक्रम समेत संचालनमा ल्याईएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ