News Category 2077/03/31
घुस लिएको आरोपमा मुद्दा फाँटका प्रमुख ठाकुर पक्राउ

दैनिक समाचारदाता
राजविराज, ३० असार ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले जग्गा सम्बन्धी कागजातमा अनुकुल हुने गरि व्यहोरा सच्याईदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय राजविराजका नायब सुब्बालाई पक्राउ गरेको छ ।
जग्गा विवाद सम्बन्धी कागजात मिलाउन पुगेका एक सेवाग्राहीसँग १३ हजार रुँपैया घुस लिएको आरोपमा राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालय मुद्दा फाँटका प्रशासन प्रमुख समेत रहेका नासु कृष्णबल्लभ ठाकुरलाई अख्यितारको टोली मंगलबार पक्राउ गरेको हो ।
सेवाग्राहीसँग रकम माँग भएपछि अख्तियारलाई सूचना आएको आधारमा उनलाई पक्राउ गरेको अख्तियारका एक पदाधिकारीले जानकारी दिए । उनलाई आवश्यक प्रक्रिया पश्चात् अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी पु¥याएको आयोगले जनाएको छ ।
यता पक्राउ परेका ठाकुरले घुस नलिएको दाबी गर्दै सुनियोजित ढंगले आफूलाई एक सेवाग्राहीले झ्यालमा पैसा राखे लगत्तै अख्तियारको टोलीले आएर घुस लिएको भन्दै नियन्त्रणमा लिएको बताएका छन् ।
यस्तै समातिएका ठाकुरका बृद्ध पिता मिश्रिलाल र आमा नथुनीदेवीले आफ्नो छोरा निर्दोष रहेको र फसाइएको भन्दै उनलाई बचाइदिन प्रहरीसमक्ष पटक पटक आग्रह गरेका थिए । छोरा पक्राउ परेको खबर पाएपछि विष्णुपुर गाउँपालिका ७ स्थित घरबाट कार्यालयमै आई पुगेका ठाकुरका बृद्ध आमा बुबालाई समाल्हन प्रहरीलाई हम्मे हम्मे परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ