News Category 2077/04/19
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित

दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीमा दिनानुदिन कोरोना पोजेटिभका संख्यामा बृद्धि हुँदै गएको छ । यसैबीच आईतवार एकै दिन २७ जनामा कोरोना संक्रमण भेटिएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ५ सय २४ पुगेको छ ।
जिल्लाको तिलाठी कोईलाडि गाउँपालिकाका २५ तथा राजविराज नगरपालिकाका २ गरी २७ जनामा कोरोना संक्रमण पाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सो गाउँपालिकाको वडा नं. २ कै २५ जना संक्रमितहरु रहेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख रन्जित झाले जानकारी दिएका छन् । संक्रमित मध्ये अधिकांश क्वारेन्टाईनमा रहेकाहरु र कन्ट्रयाक ट्रेसिङ्गवाट पत्ता लागेको उनले बताए ।
यता राजविराजमा देखिएका संक्रमितहरु सोही अस्पतालका स्वास्थ्यकर्मी हुन् । अस्पतालका हालसम्म ५ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये तीन जना पारामेडिक्स, एक जना नर्सिङ्ग स्टाफ र १ जना स्विपर रहेको उनले बताए ।
यसअघि जिल्लामा शनिवार २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये राजविराज नगरपालिकाका १८, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ तथा तिरहुत र अग्निसाईर कृष्णासवरण गाउँपालिकाका १÷१ जना संक्रमित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ