News Category 2077/04/20
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरी जिल्लामा अब कोरोना परिक्षणका लागि स्वाब संकलन गराउँदा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ ।
कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि पचिरयपत्र अनिवार्य गरिएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् ।
करिब एक दर्जन व्यक्तिले अर्कै नाम र ठेगाना लेखाएर स्वाब संकलन गराएकोमा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको खोजी गर्न समस्या भएका कारण सोमबारदेखी नागरिकता वा परिचय खुल्ने अन्य कुनै प्रमाणपत्र स्वाब परिक्षणका क्रममा अनिवार्य गरिएको उनको भनाई छ ।
“लागु औषध सेवनकर्ता त छदैछन्, उनले भने “जान्ने बुझ्ने र समाजका अगुवा समेत रहेका व्यक्तिबाट पनि झुठो विवरण लेखाउने गरेको खुलेको छ ।” डा. झाले पहिचान खुल्ने परिचय पत्रका आधारमा स्वाब संकलनको व्यवस्था सोमबारदेखी लागु गरिएको हुनाले धेरै हदसम्म यो समस्या हट्ने विश्वास व्यक्त गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले झुठो विवरण पेश गरि स्वाब परिक्षणमा आएका १२ जनामा पोजेटिभ देखिएपनि उनीहरुको खोजीमै हैरानी थपिएको बताए । अथक महिनेत गरेर ती मध्येका १० जना पत्ता लागेपनि २ जना अझैं फेला पर्न नसकेको र खोजीकार्य जारि रहेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ