News Category 2077/04/24
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
नेपाल फोटो पत्रकार महासंघ सप्तरी शाखाले विभिन्न पत्रपत्रिकामा आएको समाचारलाई लक्षित गरि राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचारका क्रममा भर्ना रहेका राजविराज नगरपालिका वडा नं. ३ निवासी मो. मुस्तकिमले सामाजिक संजालमार्फत विभिन्न संचारमाध्यम तथा सप्तरीका संचारकर्मीहरुप्रति गरेको अभद्र र अत्यन्तै निकृष्ट शैलीको टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका सचिव विद्यानन्द रामद्वारा शनिबार जारि विज्ञप्तिमा उनको यस्ता अभद्र, निकृष्ट र गैर जिम्मेवार अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दै सो आइसोलेशनमा सुरक्षा र निगरानीका लागि जडान गरिएको सिसी क्यामरा मध्ये ३ वटा क्यामरा केही संक्रमितले फुटाई दिएको कुरा स्वयं आइसोलेसन व्यवस्थापन पक्षबाट जानकारी गराइएको विज्ञप्तिमार्फत सबैलाई स्पष्ट पारिएको छ ।
विज्ञिप्तमा यसै जानकारीका आधारमा राजविराज दैनिक पत्रिकाको अनलाइन संस्करणले मात्र होइन यहाँका अन्य स्थानीय तथा राष्ट्रिय दैनिक पत्रपत्रिका र टिभिले समेत समाचार प्रकाशित÷प्रशारण गरेको व्यहोरा अवगत गराइएको छ । यसरी तोडफोड गरिएका उक्त सिसी क्यामरा मर्मतका लागि झिकाई नयाँ जडान गरि सकिएको आइसोलेसन व्यवस्थापन पक्षले जानकारी गराएको सोही विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ । यसरी नयाँ जडान गरिएका सिसी क्यामराको फोटो खिचेर सामाजिक सञ्जालमा राखेर आफुहरुले न फोडेको भन्नु सर्वसाधारणलाई भ्रममा पार्नुका साथै अत्यन्तै तल्लोस्तरमा उत्रेर संचारकर्मीहरुलाई बदनाम गर्न खोजिएको महासंघले ठहर गरेको छ ।
यति मात्र होइन् । राजविराजबाट संचालित अन्य अनलाइनमा समेत अस्पताल प्रशासनले दिएको जानकारी अनुसार नै आइसोलेशनमा खटिएका महिला स्वास्थ्यकर्मीहरुमाथी समेत केही संक्रमितले अभद्र व्यवहार तथा अश्लिल शब्दहरु प्रयोग गरि लखेटेको विषयमा समाचार सम्प्रेशन गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
स्वयम व्यवस्थापन पक्ष तथा पीडितहरुले पीडा सुनाएको आधारमा समाचार सम्प्रेशन गरिएको सबैमा जानकारी गराउँदै विज्ञप्तिमा यसरी केही उच्छृखल संक्रमित व्यक्तिद्वारा निरन्तर भइरहेको अराजकता पुर्ण क्रियाकलाप रोक्न तथा संचारकर्मीहरुप्रति निकृष्ट शैलीमा र अत्यन्त आपत्तिजनक शब्दको प्रयोग गर्नेहरु माथि कडा कारवाही गर्न सम्बद्ध निकायसँग जोडदार माग समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ