News Category 2077/04/27
मलामी गएको तस्बिर खिचेपछि पत्रकारको परिवारमाथि आक्रमण

दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
करेन्ट लागेर मृत्यु भएका एक व्यक्तिको अन्तिम संस्कारका लागि मलामी गएको भींडको तस्बिर खिचेपछि सप्तरीका एक पत्रकारका परिवारमाथि सोमबार साँझ आक्रमण भएको छ ।
सप्तरी सदरमुकाम राजविराज वडा नम्बर १ निवासी ४० बर्षीय निजामुद्दिनको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु भएका निजामुद्दिनको अन्तिम संस्कारका लागि झण्डै २ सय जना मलामी गएको देखेपछि पत्रकार परिष कर्णले सो तस्बिर खिचेका थिए ।
स्थानिय प्रशासनले कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको समयमा भींड जम्मा भएको देखेपछि आफूले सो तस्बिर घरबाटै लिएको पत्रकार कर्णले बताएका छन् ।
यता तस्बिर लिएर कार्यालयतर्फ गए लगत्तै मलामी गएकामध्ये ८÷१० जनाको समूह उनको घरभित्र पसेर आमा र दुई जना भाईलाइ कुटपिट गरेको पत्रकार कर्णले बताए ।
सो घटनाप्रति नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा सो घट्नाले गर्दा पत्रकार र उनका परिवार असुरक्षित भएको देखिएको बताउँदै घट्नामा संलग्न व्यक्तिलाई अबिलम्ब छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गरेका छन् ।
यस्तै फोटो पत्रकार महासंघ सप्तरीका अध्यक्ष मनोज कुमार माझीले घटनाप्रति दुःख व्यक्त गर्दै निषेधाज्ञा जारि भएको समयमा यसरी भिंड जम्मा गरेर अन्तिम संस्कार गर्नु निषेधाज्ञाको उलंघन भएको बताए । उनले घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरि कारवाहीका लागि प्रशासन समक्ष माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ