News Category 2077/04/28
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
सप्तरीमा मंगलबारराती एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ का ७५ वर्षिय बेचुलाल साहको मंगलबार राती आइसोलेशन कक्ष ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
चार दिन अघि मुटुसम्बन्धी समस्याका कारण जचाउन गजेन्द्र नारायण सिंह अस्पताल आएका उनलाई चिकित्सकले कोरोना संक्रमणको पनि आशंका गरेर स्वाब संकलन गराई सुरक्षित रुपमा घरमै बस्न सल्लाह दिई पठाएका थिए ।
राजविराज वडा नं. ६ सिरहा रोडस्थित घर समेत रहेको साहलाई मंगलबार साँझ कोरोना संक्रमणको पुष्टि भएको रिपोर्ट आएलगत्तै घरबाट लिन तत्कालै अस्पतालले एम्बुलेन्स पठाइएको थियो । उनलाई राजविराजस्थित साईकृष्णा मेडिकल कलेजमा निर्माण गरिएको आइसोलेशनमा राख्नका लागि एम्बुलेन्समा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिए ।
यता बुधबार बिहान मृतक साहको राजविराज ६ स्थित घर सिल गरिएको छ भने परिवारका सबै सदस्यको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यसअघि असार ३१ गते राजविराज नगरपालिका ६ का ७२ वर्षिय रामकृष्ण दास तथा साउन २१ गते रुपनी गाउँपालिकाका ४५ वर्षिय बिन्देश्वर साहको कोरोना कै कारण मृत्यु भएको थियो ।
बुधबारसम्ममा जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ सय ८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ