News Category 2077/04/28
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो

दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
सप्तरीमा मंगलबारराती एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ का ७५ वर्षिय बेचुलाल साहको मंगलबार राती आइसोलेशन कक्ष ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
चार दिन अघि मुटुसम्बन्धी समस्याका कारण जचाउन गजेन्द्र नारायण सिंह अस्पताल आएका उनलाई चिकित्सकले कोरोना संक्रमणको पनि आशंका गरेर स्वाब संकलन गराई सुरक्षित रुपमा घरमै बस्न सल्लाह दिई पठाएका थिए ।
राजविराज वडा नं. ६ सिरहा रोडस्थित घर समेत रहेको साहलाई मंगलबार साँझ कोरोना संक्रमणको पुष्टि भएको रिपोर्ट आएलगत्तै घरबाट लिन तत्कालै अस्पतालले एम्बुलेन्स पठाइएको थियो । उनलाई राजविराजस्थित साईकृष्णा मेडिकल कलेजमा निर्माण गरिएको आइसोलेशनमा राख्नका लागि एम्बुलेन्समा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिए ।
यता बुधबार बिहान मृतक साहको राजविराज ६ स्थित घर सिल गरिएको छ भने परिवारका सबै सदस्यको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यसअघि असार ३१ गते राजविराज नगरपालिका ६ का ७२ वर्षिय रामकृष्ण दास तथा साउन २१ गते रुपनी गाउँपालिकाका ४५ वर्षिय बिन्देश्वर साहको कोरोना कै कारण मृत्यु भएको थियो ।
बुधबारसम्ममा जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ सय ८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ