News Category 2077/04/28
सप्तरीमा एकै दिन ३३ जना कोरोना पुष्टि, चिकित्सकदेखी १३ महिने बालकसम्म संक्रमित
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
सप्तरीमा पहिलो पटक बुधबार एकै दिन ३३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय १८ पुगेको छ ।
यसअघि मंगलबार कोरोना संक्रमणबाट जिल्लाको डाक्नेश्वरी नगरपालिकाका एक ७५ वर्षिय बृद्धको मृत्यु भएको थियो ।
पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये राजविराज नगरपालिकाका २९ जना छन् भने रुपनी गाउँपालिकाका चार जना रहेका छन् ।
गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले सोही अस्पतालका एक चिकित्सक तथा राजविराज नगरपालिका वडा नं. ६ का एक १३ महिने बालकसहित ३३ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यस्तै पोजेटिभ देखिएका मध्ये कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारका सदस्य समेत छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार पछिल्लो परिक्षण रिपोर्टमा राजविराज नगरपालिका वडा नं. २ का ११, वडा नं. ६ का १०, वडा नं. ७ का ६, वडा नं. ८ का एक तथा गजेन्द्र नारायण सिंह अस्पतालका एक चिकित्सकसहित २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
बुधबार एक सय ३९ जनाको स्वाब परिक्षण रिपोर्ट प्राप्त भएकोमा ३३ जनाको पोजेटिभ तथा १ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यता कोरोनाको जोखिम बढेपछि स्थानिय प्रशासनले गत साउन ८ देखी सप्तरीमा निषेधाज्ञा जारि गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ