News Category 2077/04/30
प्रहरी र समाजले हस्तक्षेप गरेपछि बालविवाह रोकियो
दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
सप्तरीमा शुक्रबार हुन लागेको एक बालविवाह स्थानिय समाज र प्रहरीको संयुक्त हस्तक्षेपले रोकिएको छ ।
जिल्लाको शम्भुनाथ मन्दिरमा शुक्रबार अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ का लड्ु दासकी १५ वर्षिया छोरी निर्मलाको हुन लागेको बिवाह रोकिएको हो ।
सप्तरीकै विष्णुपुर गाउँपालिका वडा नं. ६ रन्जितपुरका ३२ वर्षिय बिन्देश्वर दाससँग उनको विबवाह हुन लागेको थियो । प्रहरीले सूचना पाएपछि प्रहरीको एक टोली बालिकाको घर पुगेको थियो ।
प्रहरी र नागरिक अगुवाले बेहुलीका आमाबुबालाई उमेर नपुगि छोरीको बिवाह गर्न पाइन्न् भन्ने कानुनी व्यवस्था बारे समेत सम्झाएपछि उनीहरु विवाह रोक्न राजी भएका थिए ।
आर्थिक अवस्था निकै कमजोर रहेका निर्मलाका आमाबुबाले आफूहरुसँग दाइजो दिने रकम नभएको तथा दाइजो बिना नै आर्थिक रुपमा सम्पन्न परिवारका केटा पाएकाले छोरीको उमेरको ख्यालै नगरि बिवाह गर्न लागेको सुनाए । तर, एकातिर छोरीको उमेर नपुगेको र अर्कोतिर दोब्बर उमेरका केटासँग बिवाह गर्नु हुदैन भन्ने बारे टोलीले सम्झाएपछि निर्मलाका आमाबुबा छोरीको बिवहाबाट पछि हटे ।
यता बेहुली लिन गएका गाडी रित्तै फर्किएको देखेपछि र गाडी चालकले बेहुलीको घरमा प्रहरी गएको खबर सुनाएपछि मन्दिरमा बिवाहका लागि तयार रहेका बेहुला,उनका परिवार तथा उनका आफन्तहरु हतार हतार त्यहाबाट भागे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी तिलक भारतीले आफूहरुलाई बालविवाह बारे जानकारी आए लगत्तै त्यसलाई रोक्न प्रहरी परिचालन गरिएको बताए । यसअघि जिल्लामा ६ महिनायता तीनवटा बालविवाह अभियन्ता र प्रहरीको संयुक्त प्रयासबाट रोकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ