News Category 2077/04/32
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने

दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
प्रादेशिक क्रिकेट संघ, प्रदेश नं. २ को शनिवार सम्पन्न अनलाईन अन्तरकृयाबाट प्रदेश २ का सबै क्रिकेट खेलाडीहरुको कोरोना बिमा गरिने निर्णय गरेको छ ।
सम्पन्न अन्तरक्रियाबाट बिश्वभर बिक्राल रुप लिएको कोरोनाबाट सुरक्षाको लागि प्रदेशका सम्पुर्ण खेलाडिहरुलाई सुरक्षाका उपाय बारे जनचेतना गराउने तथा प्रदेशका नियमित पुरुष तथा महिला खेलाडिहरुको कोभिड बिमा गर्ने निर्णय गरेको हो ।
प्रदेश मातहतमा रहेका सम्पुर्ण ८ जिल्लाकै नियमित खेलाडिहरुको कोभिड बिमा अनिवार्य गर्न जिल्ला क्रिकेट संघहरुलाई निर्देशन दिने समेत निर्णय भएको जानकारी प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसै गरि अवस्था सामान्य भई यातायात संचालनमा आउनासाथ प्रदेश स्तरीय ओ लेभलको अम्पाएर स्कोरिंग तालिमको आयोजना गर्ने जिम्मेवारी सप्तरी क्रिकेट संघलाई दिने समेत निर्णय भएको श्रेष्ठले बताए ।
प्रदेशका न्युन आए भएका तथा कोभिडका कारणले जिविकोपार्जन गर्न कठिनाई भएका खेलाडिहरुको नामावली संकलन गरि प्रदेशमा पेश गर्ने जिम्मेवारी प्रदेशका सदस्य सुभाष जयसवाललाई दिएको निर्णय समेत गरिएको छ ।
हाल दुवै किडनी खराव भएका तथा कोरोनाले समेत ग्रसित खेलाडि कुन्दन सिंह बचाउ अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिदै कुन्दन सिंहलाई किडनी दाता पाए पश्चात् प्रत्यारोपणको लागि आवश्यक सहयोगको लागि समेत प्रदेशले आवश्यक सहयोग गर्न पहल गर्ने समेत निर्णय भएको श्रेष्ठले जानकारी दिए ।
प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षता सम्पन्न उक्त अन्तरकृयामा नेपाल क्रिकेट संघका कोषाध्यक्ष एवं प्रदेश सदस्य रोशन सिंहको प्रमुख आतिथ्यता एवं नेपाल क्रिकेट संघकै सदस्यद्धय माधव कर्मचाय र दाउद अन्सारीको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ