News Category 2077/05/02
एकै परिवारका ८ जनासहित ११ संक्रमित
दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
सप्तरीमा मंगलवार एकै परिवारका ८ जनासहित ११ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय ८३ पुगेको छ ।
यसअघि सोमबार जिल्लामा एक जना मात्र संक्रमित थपिएकोमा मंगलबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ११ जना संक्रमित भेटिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार उक्त नगरपालिका वडा नं. ९ का एकै परिवारका ८ तथा वडा नम्बर १, ७ र १० का १÷१ गरि ११ जनामा संक्रमणको पुष्टि भएको छ ।
संक्रमित परिवारका ८ जना मध्यै तीन जना महिला रहेका छन् । उक्त परिवारमा दुई दिन अघि एक जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका अन्य ८ जनाको पनि नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी गराए ।
यता संक्रमण पुष्टि भएपछि संक्रमितको घर शिल गरिएको छ भने संक्रमितको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टीनमा ल्याई स्वाब संकलनको कार्य थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ