News Category 2077/05/03
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित

दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
सप्तरीमा बुधबार एक पत्रकारसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले एक पत्रकार र चार महिलासहित १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
४० वर्षिय पत्रकार महासंघ सप्तरीका पदाधिकारी समेत हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो पटक पुष्टि भएकाहरु राजविराज नगरपालिका १ र २ का ३÷३ पुरुष, वडा नं. ४ का १ पुरुष एक महिला, वडा नं. ६ का ३ महिला र ४ पुरुष तथा वडा नं. ७ का एक पुरुष रहेका छन् ।
यस्तै रुपनी गाउँपालिका वडा नं. ६ का दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय १ पुगेको छ ।
संक्रमित सबैलाई साईकृष्णा मेडिकल कलेजस्थित आइसोलेशन कक्षमा राखिएको र उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान र स्वाब संकलन कार्य अघि बढेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ