News Category 2077/05/06
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
दैनिक समाचारदाता
राजविराज, ५ भदौं ।
कोरोना भाइरस महामारी समुदायस्तरमा फैलिदै गएको अवस्थामा राजविराजस्थित एक सहकारी संस्थाले महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किएको छ ।

राजविराज वडा नं. ९ मलेठस्थित जनज्योति कृषि सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व बहन गर्दै शुक्रबार वडाको सम्पूर्ण टोल, सडक, सार्वजनिक स्थल, अस्पताल लगायतका स्थानहरुमा किटनाशक औषधी छर्किएको हो ।

सप्तरी यूथको प्राविधिक सहयोगका साथै समन्वय तथा संस्थाको आर्थिक सहयोगमा महामारीको यस समयमा आफ्नो वडाप्रति थोरै भएपनि सामाजिक उत्तरदायित्व निर्वाह गरेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिए ।

सो अवसरमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत मदनबहादुर थापा, वडा अध्यक्ष शम्भुप्रसाद यादव, जसपाका नेता भिमराज यादव लगायतले समाजिक उत्तरदायित्व बहन गरेको कार्यप्रति संस्थालाई धन्यवाद दिए ।

संक्रमणको जोखिम भएका स्थल तथा सार्वजनिक स्थलहरुमा औषधी छर्कने काम उपकरणसहित स्वयमसेवकहरुले गरेको सप्तरी युथका कोषाध्यक्ष विष्णु यादवले वताए ।
यसअघि सप्तरी युथले राजविराज ७ स्थित हटिया, उच्च अदालत जनकपुर–राजविराज इजलास, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, खडक नगरपालिका, गजेन्द्रनारायण सिंह अस्पताल, साईकृष्ण मेडिकल कलेजस्थित आईसोलेसन कक्षमा किटनाशक औषधी तथा सेनिटाईजर छरिसकेको कोषाध्यक्ष यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ